• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विज्ञान-प्रविधि

    एआईले तयार पार्ने आर्टमा अब कपिराइट नलाग्ने !

    4.5K
    SHARES



    काठमाडौं । एआईले बनाएका आर्टमा कपिराइट नलाग्ने भएको छ । अमेरिकी जिल्ला अदालतले हालै मात्र यस किसिमको आदेश जारी गरेर यस्तो जनाएको हो ।

    पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को चर्चा बढ्दो छ । विशेषगरी आर्ट बनाउने, टेक्स्ट तयार पार्ने लगायतका थुप्रै कामका लागि एआईको प्रयोग भइरहेको छ ।

    यससँगै एआईले बनाएका आर्ट, तयार पारेको टेक्स्टको प्रतिलिपि अधिकारको प्रश्न पनि उठेको छ । संयुक्त राज्य अमेरिका स्थित एक जिल्ला अदालतकी न्यायाधीशले भने एआईले बनाएका आर्टको कपिराइट (प्रतिलिपि अधिकार) हुन नसक्ने आदेश दिएकी छन् ।

    द हलिउड रिपोर्टरका अनुसार गएको शुक्रवार संयुक्त राज्य जिल्ला अदालतकी न्यायाधीश बेरिल ए हवेलले एआईले तयार पारेका कलाकृति (आर्टवर्क) को प्रतिलिपि अधिकार हुन नसक्ने बताएकी हुन् ।

    स्टिफन थालर नामका व्यक्तिले आफ्नो क्रियटिभिटी मसिन अल्गोरिदम (न्युरल नेटवर्क फर्म इम्याजिनेसन अल्गोरिदम) ले तयार पारेको एआई-निर्मित तस्वीरको प्रतिलिपि अधिकार पाउनुपर्ने भन्दै अमेरिकी प्रतिलिपि कार्यालयमा उजुरी दिएका थिए ।

    उनले आर्टिफिसियल इन्टेलिजेन्सले तयार पारेका कुनै पनि कुराको प्रतिलिपि अधिकार प्रतिलिपि ऐनले संरक्षण गर्नुपर्ने माग गरेका थिए ।

    प्रतिलिपि अधिकार ऐनले एआईले सिर्जना गरेका कार्यलाई स्पष्ट रूपमा सम्बोधन नगर्ने भन्दै न्यायाधीश हवेलले स्टिफनको विपक्षमा अदालती निर्णय प्रस्तुत गरेकी छन् ।

    हवेलका अनुसार एआईले तयार पारेका कुनै पनि कुराहरू पहिले कसैले गरिसकेको काममा आधारित हुन्छन् । त्यसैले प्रतिलिपि अधिकार संरक्षणका लागि मौलिकता आवश्यकताको बारेमा प्रश्न उठ्न सक्ने उनको तर्क छ ।

    त्यसबाहेक पनि प्रतिलिपि ऐनले मानवद्वारा निर्मित सामग्रीको प्रतिलिपि अधिकार सुरक्षित हुने उनले बताएकी छन् । अमेरिकामा अदालतले यस्तो निर्णय गरेको पहिलो पटक हो । त्यसैले यो निर्णयमाथि पुनरावेदन हुने सम्भावना उच्च भएको द भर्जले उल्लेख गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ