• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    सरकारले अब पुराना कारलाई विद्युतीय गाडीमा परिणत गर्न अनुमति दिन्छ : मन्त्री पुन

    181
    SHARES



    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पुराना कारलाई विद्युतीय गाडीमा परिणत गर्न अब सरकारले अनुमति दिने बताएका छन् ।

    नेपालमा धेरै वर्षदेखि धेरै इन्जिनियरहरू र टेक्निसियनहरूले पुरानो कार र भ्यानहरूलाई इन्जिन फालेर त्यसलाई ब्याट्रीबाट चल्ने वातावरणमैत्री विद्युतीय गाडीमा परिणत गर्ने प्रयास गरे पनि सरकारले अनुमति नदिएको पुनले उल्लेख गरेका छन् ।

    सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘यसअघि लोभी–पापीहरूले अनेकौँ नियम कानुन देखाएर कसैलाई त्यस्तो गर्न अनुमति दिएका थिएनन्। अब नेपाल सरकार यातायात मन्त्रालयले सो कामको लागि अनुमति दिने व्यवस्था गर्छ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ