• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कोशी

    कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने

    2K
    SHARES



    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले भदौ ४ गते विश्वासको मत लिने भएका छन् ।

    मुख्यमन्त्री थापाले भने भदौ ३ गते विश्वासको मत लिने समय निर्धारण गर्दै संसद सचिवालयमा निवेदन दिएका थिए ।

    उनले नेपालको संविधानको धारा १ सय ६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री उद्दव थापाले प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधनसहित को नियम १ सय २८ को उपनियम (१) र (२) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव सम्बन्धी सूचना दिएका थिए ।

    गत साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापाले सभामुखको भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवारले ४ गतेको समय दिएको बताएका छन् ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया