• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    पेट्रोलियम पदार्थको मुल्यवृद्धिका विरुद्ध अखिल (क्रान्तिकारी)ले गर्यो निगमको कार्यालय घेराउ

    2.1K
    SHARES



    काठमाडौं । मोहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेको भन्दै विरोध प्रदर्शन गरेको छ ।

    बुधवार क्रान्तिकारीका नेता, कार्यकर्ताहरुले नेपाल आयाल निगमको कार्यलय घेराउ गर्नुको साथै नाराबाजीसहित विरोध प्रदर्शन गरेका हुन् ।

    इन्डियन कर्पाेरेसन आयलबाट मुल्य बढेर आएको भन्दै निगमले मंगलबार डिजेलमा प्रतिलिटर ५ रुपैयाँ, पेट्रोल र मट्टितेलको मुल्य प्रतिलिटर १४ रुपैयाँले बढाएको छ ।

    सरकारले जनताको ढाड सेक्ने गरी गरिएको पेट्रोलियम पदार्थको मुल्य वृद्धि तत्काल फिर्ता लिनुपर्ने भन्दै अखिल (क्रान्तिकारी) ले आज विरोध प्रदर्शन गरेको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ