• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कोशी

    कोशी प्रदेश- जसपाकी निर्मला लिम्बू स्वास्थ्यमन्त्री नियुक्त

    1.9K
    SHARES



    काठमाडौँ । कोशी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) बाट एकमात्र सांसद रहेकी निर्मला लिम्बू स्वास्थ्य मन्त्री बनेकी छिन् ।

    उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शुक्रवार पद तथा गोपनीयताको शपथ गराएका छन् ।

    मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनुअघि गठबन्धन दलबाट एक-एकजना मन्त्री हुने पूर्व सहमतिअनुसार जसपाकी लिम्बूलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

    यसअघि थापाले कांग्रेसका प्रदीप सुनुवार, माओवादी केन्द्रका बाबुराम गौतम र एकीकृत समाजवादीका कमल जवेगुलाई मन्त्री बनाइसकेका छन् ।

    तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पनि लिम्बू स्वास्थ्य मन्त्री थिइन् । गत जेठ १७ मा उनले पदबाट राजीनामा दिएकी थिइन् ।

    पहिचान पक्षधरको माग सम्बोधनका लागि प्रदेश सरकारले सार्वजनिक प्रतिबद्धता नजनाएसम्म सरकारमा सहभागी नहुने अडान लिँदै आएकी लिम्बू मुख्यमन्त्री थापाले आन्दोलनरत पक्षसँग वार्ता गर्ने आश्वासन दिएपछि मन्त्री बनेकी हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया