• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

कोशी

कोशी प्रदेशका मुख्यमन्त्रीको शपथ ग्रहणको समय सारियो

4.5K
SHARES



विराटनगर । कोशी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण सारिएको छ । मन्त्रिमण्डल विस्तारको विषयलाई लिएर सत्तारुढ दलभित्रै विवाद भएपछि साँझ ५ बजेसम्मकालागि सारिएको हो ।

मंगलबार मुख्यमन्त्रीमा थापा नियुक्त भएपछि प्रदेश प्रमुखको कार्यालयले आज बिहान साढे १० बजे शपथग्रहणको कार्यतालिका बनाएको थियो ।

तर गठबन्धनमा भागबन्डा नमिल्दा शपथग्रहणको समय सारिएको छ । आज सत्ता गठबन्धनमा आबद्ध दलबाट एक-एक जनालाई मन्त्री बनाउने तयारी थियो ।

सर्वोच्च अदालतले मुख्यमन्त्रीको नियुक्ति बदर गरेको ६ दिनपछि नेपाली कांग्रेस संसदीय दल कोसीका नेता थापा पुनः मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

असार २१ गते प्रदेशसभाका सभामुख बाबुराम गौतमको हस्ताक्षर बुझाएर बहुमत दाबी गरेका थापाको नियुक्तिलाई सर्वोच्च अदालतले बदर गरेको थियो ।

सभामुखको हस्ताक्षरलाई असंवैधानिक मानेपछि गठबन्धनले सभामुख गौतमलाई राजीनामा गर्न लगाएर बहुमत संख्या पुर्‍याएका थिए । सभामुख गौतमले राजीनामा दिन आनाकानी गरे पनि अन्त्यमा उनी कन्भिन्स भएको गठबन्धनका नेताहरूले बताएका छन् ।

कोसीमा बहुमत पुर्‍याउन ४७ सिटको आवश्यकता पर्छ । माओवादीबाट सभामुख भएका गौतम सभामुख पदमा रहुन्जेल सत्ता गठबन्धनको बहुमत पुग्न नसक्ने भएपछि उनलाई राजीनामा दिन बाध्य पारिएको थियो ।

उनले अन्तिम समयसम्म पनि राजीनामा दिन मानेका थिएनन् । सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेससँग कोसी प्रदेश सभामा २९ सदस्य रहेका छन् भने माओवादी केन्द्रसँग १३, एकीकृत समाजवादीसँग ४ र जसपासँग १ सदस्य रहेका छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ