• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    आज २६ अङ्कले घट्यो शेयर बजार, कतिको भयो कारोबार ?

    3.1K
    SHARES



    काठमाण्डाै। लगातार पाँचौँ दिन आज पनि शेयर बजार घटेर राताम्मे भएको छ ।

    हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार परिसूचक नेप्से २६.१४ अङ्कले घटेर दुई हजार एक सय दशमलव ३४ विन्दुमा झरेको छ ।

    आज म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै मनकामना स्मार्ट र अभियान लघुवित्तको शेयर साढे छ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    समग्रमा बजार राताम्मे भएको दिन आज पिपुल्स पावर कम्पनीको शेयर साढे तीन प्रतिशत र सुपर माई हाइड्रोको शेयर तीन प्रतिशतले बढेको छ ।

    आज ६८ लाख ६० हजार कित्ता शेयर दुई अर्ब ५० करोड २८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १४ करोड ७८ लाख रुपैयाँको शेयर किनबेच भएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ