• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    ५६ डेसिबलमा सङ्गीत बजाउने छिमेकीलाई जेल सजाय

    12.4K
    SHARES



    काठमाडौँ । ठुलो आवाजमा इलेकट्रोनिक सङ्गीत बजाएर छिमेकीलाई आतङ्कित बनाउने एक पुरुषलाई जेल सजाय तोकिएको छ । पाँच वर्षसम्म लगातार ठुलो स्वरमा इलेकट्रोनिक सङ्गीत बजाएका ती व्यक्तिविरुद्ध छिमेकीले प्रहरी चौकीमा उजुरी गरेका थिए ।

    स्पेनको बार्सिलोनास्थित मतारोमा रहेको अदालतले ती व्यक्तिविरुद्ध एक वर्षको जेल सजाय तोकेको हो । सन् २०१२ देखि ती व्यक्तिले दिनरात एकनासले इलेकट्रोनिक सङ्गीत बजाएपछि छिमेकीको चैन खोसिएको थियो । सङ्गीतको आवाज कम गर्न उनलाई थुप्रै पटक आग्रह गरे पनि प्रहरी उनको घरसम्मै पुगेर गए तर उनले बजाउने सङ्गीतको आवाज फिटिक्कै कम भएन ।

    फुल भोलुममा करिब ३ वर्षपछि इलेकट्रोनिक सङ्गीत सुन्न बाध्य भएपछि उनको घरसँगै जोडिएका ३ छिमेकीले सन् २०१५ मा उनी विरुद्ध उजुरी दिएका थिए । निरन्तरको सङ्गीतले आफूलाई मानसिक र शारीरिक दुवै समस्या दिएको भन्दै उनीहरुले उजुरी दिएका हुन् ।

    तर ती व्यक्तिलाई छिमेकीको उजुरी र प्रहरीको चेतावनीले कुनै फरकै परेन । त्यसैले उनी विरुद्ध अदालतमा मुद्दा दर्ता गरियो । प्रहरीका अनुसार ती व्यक्तिको घरबाट लगातार ‘बुम-बुम’ आवाज आइरहन्थ्यो । एक जना पीडितले त्यो ‘बुम-बुम’ आवाज सहनै नसकिने बताउँदै यसले आफ्नो हड्डीलाई समेत हल्लाउँथ्यो भनेर जानकारी दिइन् ।

    अनुसन्धान गर्दा ती व्यक्तिले ५ वर्षसम्म दिउँसोको समयमा ५७ डेसिबल र राती ५६ डेसिबलमा सङ्गीत बजाउने गरेको पाइयो । कानुन अनुसार ३५ डेसिबलमा मात्रै सङ्गीत बजाउन पाइन्छ । सङ्गीत यति ठुलो आवाजमा बज्ने गर्दथ्यो कि छिमेकीका अनुसार उनीहरूको घरभित्रको सामान निरन्तर कम्पन हुने गर्दथ्यो ।

    ठुलो आवाजले आतङ्कित हुनेमा १ जना इन्सोम्निया (अनिद्रा) बाट ग्रसित बृद्ध पनि रहेका थिए । उनलाई यसका लागि विशेष उपचारको आवश्यकता पर्छ जुन आवाजका कारण गर्न नसकिएको बताइएको छ ।

    यस्तै, अर्का छिमेकी अल्जाइमरबाट ग्रसित थिए । ठुलो आवाजमा बज्ने इलेकट्रोनिक सङ्गीतले उनको अवस्था थप नाजुक भएको थियो । आफूले बजाएको सङ्गीतले छिमेकीलाई कस्तो असर पारेको छ भनेर थाहा पाउँदा पनि उनले यसो गर्न बन्द नगरेको अदालतले भनेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ