• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

हुलाक बचत बैंकमा रहेका ५७ हजार खाता राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण हुने

4.2K
SHARES



काठमाडौं । हुलाक बचत बैंकमा रहेका खाता राष्ट्रिय बाणिज्य बैंकमा हस्तान्तरण हुने भएको छ ।

हुलाक बचत बैंकमा रहेका खाता र बचत रकम हुलाक सेवा विभागले राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने सम्बन्धमा आईतबार सम्झौता भएको छ ।

आगामी आर्थिक वर्ष ०८०/०८१ को बजेटले व्यवस्था गरेअनुसार, नेपाल सरकारले हुलाक बचत बैंक खारेज गर्ने र खाता राष्ट्रिय बाणिज्य बैंकमा सार्ने निर्णय गरेको थियो ।

सम्झौतापत्रमा हुलाक सेवा विभागका महानिर्देशक ईन्दु घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

देशभरका ६८ हुलाक कार्यालयबाट करिब ५७ हजार सर्वसाधारणको बचत खाता तथा करिब एक हजार सात सय कर्मचारीहरुको ऋण लगानीका खाताहरु असार २८ गतेभित्र राष्ट्रिय वाणिज्य बैंकलाई हस्तान्तरण हुने भएको छ ।

हुलाक बचत बैंकका निक्षेपकर्ताहरुले राष्ट्रिय वाणिज्य बैंकको नजिकको शाखा कार्यलयमा गएर खाता अद्यावधिक गर्नुपर्ने बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ । त्यसरी, अद्यावधिक हुने सम्पूर्ण खातावालाहरुलाई चेकबुक, एटिएम कार्ड, मोवाइल बैंकिङ्ग सेवा, एसएमएस सेवा निःशुल्क उपलब्ध गराउने राष्ट्रिय वाणिज्य बैंकले बताएको छ ।

नेपाल सरकारले हुलाक कार्यालयलाई आ.व. ०३२-०३३ सालदेखि सर्वसाधारणको बचत सङ्कलन गर्ने र आ.व.२०६०/०६१ देखि ऋण लगानी समेत गर्ने अनुमति दिएको थियो ।

हुलाक बचत बैंकको कार्यक्षेत्र निक्षेप सङ्कलनमा सर्वसाधारण र ऋण लगानीमा नेपाल सरकार सञ्चार तथा सुचना प्रविधि मन्त्रालय र अन्तर्गतका स्थायी कर्मचारीहरु रहदैं आएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ