• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कोशी

    कोशी प्रदेशका मुख्यमन्त्री थापा आज मन्त्रिपरिषद् विस्तार गर्दै

    1.9K
    SHARES



    काठमाडौँ। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा आज मन्त्रिपरिषद् विस्तार गर्दै छन् ।

    आज माओवादी केन्द्र र नेपाली कांग्रेसबाट एक-एक जना मन्त्री नियुक्त गरेर मुख्यमन्त्री थापाले मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।

    बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार शपथ ग्रहण गरेका थिए । सो दिन नेपाली कांग्रेस र एकीकृत समाजवादीका एक-एक जनालाई मन्त्री नियुक्त भए पनि माओवादी केन्द्र सहभागी भएको थिएन । माओवादी केन्द्र आज सरकारमा सहभागी हुनलागेक छ ।

    माओवादीबाट प्रदेश सांसद जीवन आचार्य आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त हुँदैछन् भने उनले आज बिहान साढे ९ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

    यसअघि नेकपा एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा आचार्य पर्यटन मन्त्री थिए । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीले जनताका मुद्दालाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।

    लामिछानेले रास्वपा सरकारमा जाँदा पनि जनताका मुद्दालाई पहिलो प्राथमिकतामा राखेर गएको समेत दाबी गरे ।

    रास्वपा लुम्बिनी प्रदेश कमिटीको आयोजनामा आजदेखि भैरहवामा आयोजित प्रदेशस्तरीय दुईदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउनु हुँदैन भनेर रास्वपाले कहिलै नभनेको पनि बताए । उनले के कुरामा विरोध गर्ने र के कुरामा विरोध नगर्ने भन्नेमा रास्वपा स्पष्ट रहेको पनि बताएका छन् ।

    उनले रास्वपाले कुनै दलसँग गठबन्धन गर्न जरुरी नरहेको बताउँदै विगतको निर्वाचनमा भएभरका पार्टी एकजुट हुँदा पनि रास्वपाले एक्लै लडेर राम्रो नतिजा ल्याएको बताए । उनले रास्वपा मिटरब्याज पीडितको पक्षमा रहेको र आगामी बैठकमा यसबारे आवाज उठाउने बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया