• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विज्ञान-प्रविधि

फेसबुकको मातृ कम्पनी मेटाले ल्यायो थ्रेड्स एप, ट्विटरलाई चुनौति

9K
SHARES



काठमाडौँ। फेसबुकको मातृ कम्पनी मेटाले थ्रेड्स् एप सञ्चालनमा ल्याएको छ । मेटा फेसबुक र इन्स्टाग्रामको सञ्चालक कम्पनी पनि हो । उसले थ्रेड्स् नामको नयाँ एप सञ्चालनमा ल्याएको छ । यो एपलाई ट्विटरको प्रतिस्पर्धी एपका रुपमा लिइएको छ ।

यो एपले ट्विटरमा आएको विभिन्न परिवर्तनका कारण असन्तुष्ट बनेका प्रयोगकर्ताहरुलाई आकर्षण गर्न सक्ने विज्ञले बताएका बीबीसीले भनेको छ ।

थ्रेड्स एप नेपालसहित एक सय वटा देशमा डाउनलोडका लागि उपलब्ध छ । तर नियमनको विषयका कारण युरोपियन युनियनका देशहरूमा एप अझै उपलब्ध भैसकेको छैन । यसमा प्रयोगकर्ताले ५ सय अक्षरसम्मका पोस्टहरू गर्न सक्छन् । साथै अरू धेरै विशेषता ट्विटरसँग मिल्दाजुल्दा नै रहेका छन् ।

यो छुट्टै एप भए पनि प्रयोगकर्ताले आफूले प्रयोग गरिरहेको इन्स्टाग्राम खाताबाटै यसमा लगइन गर्न सक्नेछन् । यसमा ट्विटरमा जस्तै अरू प्रयोगकर्तालाई अनफलो, ब्लक र रिपोर्ट गर्न पनि सकिने छ । इन्स्टाग्राममा ब्लक भएका खाताहरू थ्रेड्समा पनि स्वतः ब्लक हुन्छन् । मेटाको थ्रेड्स् एप निःशुल्क रहेको जनाएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ