• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

रोचक-विचित्र

नुनको दानाभन्दा सानो ह्यान्डब्याग ८४ लाख रुपैयाँमा बिक्री

15.5K
SHARES



ब्रुकलिन । एउटा नुनको दानाभन्दा सानो ‘माइक्रोस्कोपिक’ ह्यान्डब्याग लिलामीमा ६३ हजार ७ सय ५० अमेरिकी डलर अर्थात करिब ८४ लाख मा बिक्री भएको छ । उक्त ब्यागलाई हेर्नकै लागि माइक्रोस्कोप चाहिन्छ । यसको आकार ६५७x२२२x७०० माइक्रोमिटर मात्रै रहेको छ ।

‘सियोको धागो छिराउने प्वालबाट समेत छिर्न सक्ने यो ब्याग यति सानो छ कि तपाईंले यसलाई हेर्नका लागि माइक्रोस्कोप प्रयोग गर्नुपर्छ,’ यो कलालाई सङ्ग्रह गर्ने कम्पनीले बताएको छ ।

ब्रुक्लिनमा रहेको आर्ट कलेक्टिभ ‘एमएससीएचएफ’ विवादास्पद डिजाइनहरूका लागि चिनिन्छ । उनीहरूको विवादित कलामा मानिसको रगत भएको जुत्ता, जुत्ताको सोलमा पवित्र जललगायत छन् ।

माइक्रोस्कोपिक ह्यान्डब्यागमा लुई भिटोनको ब्रान्डिङ रहेको छ । तर, ब्रान्डसँग यसको कुनै सम्बन्ध भने नरहेको भनिएको छ । यसलाई फोटो पोलिमर रेसनबाट थ्रीडी प्रिन्टिङको माध्यमबाट तयार गरिएको हो । बीबीसीबाट

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ