• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    एनबैंक वेब सेवा शुभारम्भ, ग्राहकले अब दैनिक २० लाख रुपैयाँ डिजिटल रुपमा पठाउन सक्ने

    2.1K
    SHARES



    काठमाडौं । नबिल बैंकले आफ्नो नयाँ अनलाइन बैंकिङ सेवा एनबैंक वेबको सेवा सुरु गरेको छ । बैंकले एक भर्चुअल कार्यक्रम गरी बिहीबारबाट यस्तो सेवाको सुरुवात गरेको हो ।

    ग्राहकले यो सेवा अन्तर्गत आफ्नो डेस्कटप, ट्यावलेट वा ल्यापटपको प्रयोग गरी प्रति दिन २० लाख र प्रति महिना ५० लाख रुपैयाँसम्मको अनलाइन बैंकिङ सेवाबाट रकम पठाउन सक्नेछन् ।

    एनबैंक वेबको सहयोगले प्रयोगकर्ता मैत्री बैंकिङ सेवा विस्तार हुनुका साथै, पहुँचयोग्य र सुरक्षित सेवा प्रदानमा सहयोग पुग्ने बैंकले जनाएको छ ।

    एनबैंक एप (मोबाइल बैंकिङ) मा दर्ता भएका व्यक्तिगत ग्राहकले लग इन गर्न एउटै आइडी र पासवर्डको वा क्युआर कोडको प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।
    बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय कुमार रेग्मीले एनबैंक वेभले एनबैंक मोबाइल बैंकिङ एप जस्तै ओम्नी च्यानल बैंकिङ अनुभव प्रदान गर्ने बताए ।

    उनले भने, ‘यसले अनलाइन कारोबारको माथिल्लो सीमाको साथ वित्त व्यवस्थापन सहजता प्रदान गर्छ।’ अनलाइन बैंकिङ सेवा सुरु भएसँगै अहिले विद्यमान इन्टरनेट बैंकिङ सेवा नबिलनेट साउन ६ गते देखि बन्द हुने भएको छ । व्यक्तिगत खाता सञ्चालन गर्ने ग्राहकले अब एनबैंक वेब प्रयोग गर्न सक्नेछन् । उनले थपे, “हाल नबिलनेट प्रयोग गर्ने कर्पोरेट ग्राहकहरूले कर्पोरेटपेमा दर्ता गर्नुपर्नेछ ।’

    एनबैंक वेब मार्फत ग्राहकहरूले खाता खोल्ने, रकम पठाउने, बिल भुक्तानी, कार्ड विवरणहरू हेर्न, मुद्दती निक्षेप खोल्ने, र मुद्दती निक्षेप विरुद्ध ऋण लिने जस्ता वित्तीय गतिविधिहरू गर्न सक्छन् ।

    एनबैंक वेबले उच्च स्तरको सुरक्षा समावेश गरेको बताउँदै रेग्मीले भने, ‘एनबैंकको वेबमा ग्राहकवर्गको जानकारी र लेनदेनहरूको सुरक्षालाई ध्यानमा राखेर हामीले बलियो ईन्क्रिप्शन, दुई-कारक प्रमाणीकरण, स्वतः लगआउट सुविधा र सिम प्रमाणिकरणलगायतका बलियो उपायहरू मार्फत उच्च स्तरको सुरक्षा प्रस्तुत गरेका छौं ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ