• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    नबिल बैंकका ग्राहकले र्याडिसन होटलमा १० प्रतिशत छुट पाउने

    2K
    SHARES



    काठमाडौं । नबिल बैंकका ग्राहकलाई र्याडिसन होटलमा १० प्रतिशत छुट हुने भएको छ । बैंक र होटलबीच भएको सम्झौता पछि ग्राहकले डिस्काउन्ट पाउने भएका हुन् ।

    उक्त सम्झौता अन्तर्गत नबिल बैंकका ग्राहकहरूले र्याडिसन होटल काठमाडौंमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको र्याडिसन एयरपोर्ट लाउन्जको कूल बिल (कर बाहेक) मा पनि १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

    नबिलका ग्राहकले बैंकको प्रिभिलेज कार्डमा उक्त सुविधा प्राप्त गरी यो सुविधा लिन सक्ने जनाइएको छ ।

    बैंकले हाल देशका सात वटै प्रदेशमा रहेका २ सय ५५ शाखा कार्यालयहरू र १८ विस्तारित शाखा कार्यालयहरू मार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ