• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    सिङ्गै भ्यागुतो पस्किने रेस्टुरेन्ट- फ्रग रामेनलाई केही व्यक्तिले चाखेर आफुलाई मन परेको बताएका छन्

    15K
    SHARES



    काठमाडौँ। एउटा रेस्टुरेन्टले आफ्नो मेनुमा एउटा अचम्मको खाना थपेको छ । सिङ्गै भ्यागुतो हालेको रामेन । सुन्दा अचम्म लाग्यो, कतिलाई त घिन पनि लाग्यो होला ।

    तर ताइवानको एउटा रेस्टुरेन्टले ग्राहक तान्न यसलाई खानाको मेनुमा समावेश गरेको छ । ताइवानको युलिनस्थित युआन रामेनले उक्त नयाँ खानाको नाम ‘फ्रग फ्रग फ्रग रामेन’ दिएको छ ।

    खानामा राखिएको एउटा विशेष सामग्रीले मानिसको ध्यान आकर्षित गरिरहेको छ- नुडल्सको बीचमा राखिएको एउटा सिङ्गो भ्यागुतो । रेस्टुरेन्टले यो अचम्मको खान्कीको फोटो फेसबुकमा पोस्ट गरेर मानिससँग यसको नामको लागि सुझाव मागिरहेको छ ।

    रेस्टुरेन्टले भ्यागुतो हालिएको रामेन प्रत्येक मंगलबार र बुधवार उपलब्ध हुने र यो सीमित मात्रामा हुने जानकारी दिएको छ । रामेनको प्रत्येक बटुकोको मूल्य ८ डलर (१ हजार रुपैयाँ बढी) पर्नेछ । तर रेस्टुरेन्टमा गएर फ्रग रामेनको तस्बिर मात्रै खिच्न चाहनुहुन्छ भने ३.२० डलर मात्रै खर्च गरे पुग्छ ।

    युआन रामेनका मालिकले ताइवान न्युजसँगको कुराकानीमा गत महिना आइसोपड रामेन भाइरल भएपछि आफू पनि यसबाट प्रभावित भएको बताए । युनलिनमा भ्यागुतो खानु सामान्य कुरा हो, त्यसैले उनीहरुले यसमा भ्यागुता हालेको रामेन बनाउने योजना बनाए, तर त्यसमा लोकल ट्विस्ट भने दिएका छन् ।

    यो फ्रग रामेनलाई केही व्यक्तिले चाखेका पनि छन् र उनीहरूलाई यो मन परेको बताएका छन् । तर यसबारे थप प्रतिक्रिया पाएपछि मात्रै रेस्टुरेन्टले यसलाई स्थायी रूपमा आफ्नो मेनुमा राख्ने नराख्ने निर्णय गर्ने बताएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ