• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    जब स्कुलको खानामा विद्यार्थीले भेटे मुसाको टाउको…

    6.4K
    SHARES



    काठमाडौँ। एकजना विद्यार्थीले स्कुलले दिएको खानामा मुसाको टाउको भेटेका छन् । खानामा मुसाको टाउको भेटिएको खबर चीनको सोसल मिडियामा राखेपछि यो ‘र्‌याट हेड गेट’ को नाममा भाइरल भएको छ ।

    तर खानामा भेटिएको भनिएको मुसाको टाउकोलाई स्कुलले भने हाँसको भएको दाबी गरिरहेको छ । घटना गत हप्ता चीनमा भएको हो । चीनको नानचाङस्थित जियाङ्छी भोकेसनल टेक्निकल कलेज इन्डष्ट्रिको क्याफ्टेरियाको खानामा यस्तो समस्या देखिएको हो । खाना खाने बेला एकजना विद्यार्थीले आफ्नो कचौरामा मुसाको टाउकोजस्तो देखिने वस्तु देखे ।

    त्यसपछि उनले आफ्नो फोन निकाले र भिडियो खिचे । भिडियो खिचेपछि उनले यसबारे क्याफ्टेरियाका कर्मचारीलाई जानकारी दिए तर उनलाई यो मुसाको नभई हाँसको टाउको भएको बताइयो । हाँसको टाउको चिनियाँ खानेकुरामा निकै प्रचलित छ तर विद्यार्थीले यो खानेकुरा मगाएकै थिएनन् र यो हाँसको टाउको जस्तो पनि देखिँदैन ।

    यो भिडियो चीनको सोसल मिडियामा भाइरल नै भयो । तर विद्यालयले आफ्नो पुरानै कुरा दोहोरायो । जुन ३ तारिखमा जियाङ्क्षी भोकेसनल टेक्निकल कलेजले आफ्नो आधिकारिक बयान सार्वजनिक गर्दै खानामा मुसाको टाउको भएको हल्ला निराधार भएको र यो हाँसकै टाउको भएको दाबी गर्‍यो ।

    त्यसको भोलिपल्ट स्थानीय खाद्य पर्यवेक्षणले पनि यसबारे टिप्पणी गर्दै खानामा हाँसको टाउको नै भएको बतायो । हल्ला फैलिएपछि स्कुलका अधिकारीले विद्यार्थीलाई यसबारे अनलाइनमा बहस गर्न निषेध गरेको छ ।

    स्कुलले सम्झौता गरेको क्याटरिङ कम्पनीले आफ्नै वक्तव्य जारी गरेको छ । उक्त वक्तव्यमा टाउको भएको खाना आफ्नो कम्पनीले डेलीभर नगरेको दाबी गर्दै त्यो अर्कै क्याफ्टेरिया स्टलबाट आएको बताइएको छ । कम्पनीले यसबारे हल्ला फैलाउनेले गम्भीर नतिजा भोग्नुपर्ने चेतावनीसमेत दिएको छ ।

    तर जति नै लुकाउन खोजे पनि र्‌याट हेड गेट त्यति नै भाइरल भइरहेको छ । धेरैले स्कुल र स्थानीय प्रशासनले झुटोलाई समर्थन गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ