• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विज्ञान-प्रविधि

    आफ्नै एआई च्याटबट ल्याउँदै इन्स्टाग्राम

    4.5K
    SHARES



    काठमाडौं । मेटा स्वामित्वको फोटो शेयरिङ एप इन्स्टाग्राममा अब प्रयोगकर्ताले छिटै नै आर्टिफिसियल इन्टेलिजेन्स च्याटबटसँग च्याट गर्न सक्नेछन् ।

    प्रविधि जगतका विभिन्न समाचारहरुको अग्रीम खुलासा गर्ने चर्चित व्यक्ति Alessandro Paluzzi का अनुसार इन्स्टाग्रामले एआई एजेन्ट फिचर सुरुवात गर्न लागेको छ ।

    पालुज्जीले इन्स्टाग्रामको उक्त तयारीबाट ट्वीट मार्फत् जानकारी गराएका छन् । उनले शेयर गरेको स्क्रिनशट अनुसार इन्स्टाग्रामको उक्त च्याटबटले प्रश्नहरुको जवाफ दिनुका साथै सल्लाह सुझाव पनि दिनेछ। प्रयोगकर्ताले ३० जनासम्म व्यक्ति छान्न सक्नेछन् ।

    यद्यपि इन्स्टाग्रामले यो फिचर कहिलेदेखि सुरुवात गर्दैछ भन्ने चाहीँ खुलेको छैन ।

    गत फेब्रुअरीमा एक घोषणा गर्दै मेटा सिइओ मार्क जुकरबर्गले जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्सको काममा केन्द्रित हुनेगरी एक नयाँ उच्च तहको प्रडक्ट टिम गठन गर्ने बताएका थिए ।

    एक फेसबुक पोष्टमा उनले लेखेका थिए, ‘हामीले मेटामा एउटा नयाँ उच्च तहको प्रडक्ट समूह निर्माण गर्दैछौँ जुन जेनेरेटिभ एआईको क्षेत्रमा केन्द्रित हुनेछ र यस क्षेत्रमा हाम्रा कार्यलाई तिव्रता दिनेछ ।

    यसैबीच इन्स्टाग्रामले यहीँ जून महिनाको अन्त्यमा ट्वीटजस्तै माइक्रो ब्लगिङ प्लाटफर्म पनि घोषणा गर्ने बताइएको छ । यो इन्स्टाग्रामको नयाँ टेक्स्टमा आधारित संवादमूलक एप हो । यसको कोडनाम P92 तथा Barcelona राखिएको छ । एजेन्सीको सहयोगमा

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ