• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

रोचक-विचित्र

चिडियाखानामा संसर्ग नै नगरि गोही आफैँ गर्भवती भएको पुष्टि

7.3K
SHARES



काठमाडौँ। कोस्टारिकाको एउटा चिडियाखानामा भाले गोहीसँग संसर्ग नै नगरि एउटा पोथी गोही आफैँ गर्भवती भएको छ । यसअघि गोहीमा त्यस्तो अवस्था हुने गर्छ भन्ने तथ्य बाहिर आएको थिएन ।

कोस्टारिकाको ‘पार्क रेप्टिलानिया’ मा पालिएको एउटा १८ वर्षे पोथी गोहीले सन् २०१८ को जनवरीमा पारेको अण्डामा यो घटना पुष्टि भएको हो । गर्भवती अवस्थामा गोहीको अण्डाभित्र विकसित भ्रूणमा ९९.९ प्रतिशत अनुवांशिक समानता रझेको छ ।

अण्डामा भ्रूण पूर्ण रूपमा विकसित भएको थियो तर कोरलिन नपाइ त्यो मरेको थियो । पोथी गोहीलाई २ वर्षको उमेरदेखि चिडियाखानामा एक्लै राखिएको थियो । ‘भर्जिन बर्थ’ अर्थात् कुमारी आमाबाट हुने जन्म भनिने त्यस्तो प्रक्रिया चराचुरुङ्गी, माछा र अन्य सरीसृप (घस्रिने जीव) मा देखिन्छ । तर गोहीमा पहिलो पटक पत्ता लागेको हो ।

क्रमविकासका क्रममा कुनै पुर्खाबाट त्यस्तो क्षमता गोहीमा पनि विकसित भएको हुनसक्ने वैज्ञानिक आकलन रहेको बीबीसीले भनेको छ । रोयल सोसाइटीको वैज्ञानिक जर्नल ‘बायोलाेजी लेटर्स’ मा यसबारे एउटा शोधपत्र प्रकाशित भएको छ ।

गोहीले अण्डा पारेपछि चिडियाखानामा कार्यरत वैज्ञानिकको टोलीले अमेरिकाको भर्जिनिया टेक विश्वविद्यालयमा कार्यरत डा. वारन बुथलाई जानकारी गराएका थिए । उनले विगत ११ वर्षदेखि पशुपक्षीमा भाले र पोथीको संसर्गविना नै हुने प्रजननबारे अनुसन्धान गर्दै गरेका छन् ।

डा. बुथले गोहीको सूक्ष्म विश्लेषण गरेपछि भालेको संसर्ग नभएको पुष्टि गरेको खबरमा भनिएको छ । आफ्नो प्रजातिको सङ्ख्या घटेको र मासिन सक्ने जोखिम भएको अवस्थामा पार्थनोजनेसिस गर्न सक्षम जीवले संसर्गविना नै सन्तान जन्माउन सक्छन् भन्ने एउटा मान्यता रहेको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ