• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

रोचक-विचित्र

अपहरणमा परेको भनिएकी अभिनेत्री आफै लुकेको थाहा पाएपछि…

4.1K
SHARES



काठमाडौँ। ‘थेरी’ र ‘काली’ जस्ता हिट तमिल फिल्ममा काम गरिसकेकी अभिनेत्री सुनैना विगत २ दिनदेखि बेपत्ता थिइन् ।

मिडिया रिपोर्टका अनुसार सुनैनालाई अपहरण गरिएको थियो । प्रहरीले सुनैना हराएको उजुरी पनि दर्ता गरेको थियो । अब उनले यो सबै आफ्नो आगामी फिल्मको प्रमोसनका लागि गरेको खुलेको छ ।

सुनैना तमिल फिल्म रेजिनामा देखिँदै छिन् । सुनैना एक्कासि बेपत्ता हुनु फिल्मको प्रमोसनको एक हिस्सा थियो । उनले आफ्नो मोबाइल फोन पनि स्विच अफ गरेकी थिइन् ।

तर, अभिनेत्रीको यस्तो व्यवहारबाट तमिल दर्शक निकै आक्रोशित छन् । दर्शकले अभिनेत्री र फिल्मको निर्माण टिमलाई कडा कानुनी कारबाही गर्न पनि माग गरेका छन् ।

सुनैनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ

अहिले सुनैनाको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो भिडियोमा सुनैनाले मिडियासँग कुरा गर्दै यो फिल्म आफ्नो करियरको हिसाबले पनि निकै महत्त्वपूर्ण रहेको बताएकी छिन् ।

उनले भनेकी छिन्, ‘फिल्मको क्यारेक्टरलाई राम्रोसँग निर्वाह गर्ने कोसिस गरिरहेको छु । यसै कारण मैले आफूलाई समाजबाट अलग्याएको थिएँ । तर अहिले म थाकेकी छु । ’

उनले फिल्म रेजिनाबारे नै कुरा गरिरहेकी हुन् कि होइनन् भन्ने स्पष्ट भने हुन सकेको छैन ।

डोमेन डिसिल्भाले तमिल सिनेमामा निर्देशनको रूपमा डेब्यू गर्दै छन्

यो थ्रिलर फिल्म हो । यो फिल्म डोमेन डिसिल्भाले निर्देशन गरेका हुन् । डोमेन डिसिल्भाले यो फिल्मबाट तमिल सिनेमामा निर्देशकको रूपमा डेब्यु गर्दै छन् । फिल्मका निर्माता सतीश नायर हुन् । सुनैनाले धेरै तेलुगु, मलयालम र कन्नड फिल्ममा पनि काम गरिसकेकी छिन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ