काठमाडौँ । एभरेष्ट बैंकको इटहरी शाखाबाट ग्राहकको खाताको डेढ करोड चोरी भएको छ ।
चोरीमा संलग्न आशंकामा प्रहरीले ९ जनालाई पक्राउ गरी आवस्यक अनुसन्धान गरिरहेको छ ।
एभरेष्ट बैंकको ईटहरी शाखाका अपरेशन इन्चार्ज निरज प्रधानसहित ७ जना बैंक कर्मचारी र दुईजना बाहिरका व्यक्तिलाई पक्राउ गरिएको जिप्रका सुनसरीका सूचना अधिकारी (डीएसपी) राजकुमार राईले बताए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया