• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    २२ वर्षका युवक र ४८ वर्षकी पूर्व शिक्षिकाको विवाह

    3.8K
    SHARES



    काठमाडौँ। २२ वर्षका एक मलेसियाली युवक र ४८ वर्षकी उनकी पूर्व शिक्षिकाबीचको विवाह पछिल्लो समय चर्चाको विषय बनेको छ ।

    मुहम्मद दानियल अहमद अलिले आफ्नी श्रीमती जामिला मोहदलाई पहिलो पटक सन् २०१६ मा भेटेका थिए । त्यति बेला जामिला उनको जुनियर हाई स्कुलमा मले भाषाकी शिक्षिका थिइन् ।

    सुरुमा यी दुईबीच कुनै रोमान्टिक सम्बन्ध थिएन । यद्यपि, २२ वर्षका मुहम्मदले जामिलाको सबैलाई माया गर्ने स्वभावबारे भने आफूलाई सुरुवाती समयदेखि नै याद गरेको बताए ।

    मोहम्मद फर्म- ४ कक्षामा पढिरहेका बेला यी दुईबीचको सम्पर्क तोडियो । तर प्रधानाध्यापकको कार्यालयमा एक दिन अचानक जानुपर्दा उनले आफ्नी पूर्व शिक्षिकालाई याद गरेको बताए । त्यति बेला उनीहरूको ‘हाई, हेल्लो’ मात्रै भयो । तर फर्म- ५ मा पुगेपछि भने मुहम्मदले जामिलालाई धेरै याद गर्न थाले ।

    त्यही वर्ष उनले मुहम्मदलाई जन्मदिनको शुभकामना दिन मेसेज गरिन् । त्यसपछि यी दुईबीच च्याटिङ हुन थाल्यो । अन्ततः मुहम्मदले जामिलालाई आफ्नो भावना व्यक्त गरे ।

    तर जामिलाले उनको प्रस्ताव अस्वीकार गरिन् । मुहम्मदको उमेर र आफूहरुबीच २६ वर्षको अन्तरका कारण जामिलाले मुहम्मदको प्रस्ताव अस्वीकार गरेकी थिइन् ।

    ‘मलाई उनी बस्ने ठाउँ थाहा थिएन, उनलाई हेर्न कता- कता पुगेँ तर भाग्यले मलाई डोहोर्‌यायो । उनको घर पत्ता लगाएँ,’ मुहम्मदले न्यु स्ट्रेट्स टाइम्सलाई भने । ‘त्यसपछि मैले उनलाई भेटेँ । हामीबीच निकै राम्रो कुराकानी हुन थाल्यो ।’

    जामिलाले प्रस्ताव निरन्तर अस्वीकार गरे पनि मुहम्मदको मायामा कहिल्यै कमी आएन । अन्ततः उनको मायाको अगाडि जामिला नतमस्तक भइन् । आफ्नो परिवारको सहमतिमा यी दुईले सन् २०१९ मा विवाह गर्ने योजना बनाए ।

    तर कोभिड- १९ को महामारीका कारण उनीहरुले आफ्नो विवाह सन् २०२१ का लागि सारे । यी दुईले जामेक बन्दार कोटा टिङ्गी मस्जिदमा नजिकका परिवार र साथीभाइको उपस्थितिमा विवाह गरे ।

    ‘उमेरलाई ठुलो कुरा मान्नु हुँदैन । श्रीमानको रूपमा आफ्नो जिम्मेवारी वहन गर्न म सधैँ अग्रसर हुनेछु,’ २२ वर्षका मुहम्मदले भने ।

    जामिला मोहदको सन् २००७ मा पहिलो श्रीमानसँग सम्बन्ध विच्छेद भएको थियो । त्यसयता उनी रोमान्टिक सम्बन्धभन्दा आफ्नो करियरमा केन्द्रित छिन् ।

    ‘कुराकानी गरौँ, एक- अर्कालाई चिनौँ भनेर धेरैले भने, तर मैले मानिनँ,’ मलेसियाकी ती महिलाले भनिन् । ‘मेरो श्रीमान् आत्मविश्वासका साथ म भए ठाउँ आउँछन् । उनी गम्भीर छन् र आफ्नो परिवारसँग हाम्रो सम्बन्ध कहिल्यै लुकाउँदैनन् । मैले उनको प्रस्ताव स्वीकार गर्नुको एउटा कारण यो पनि हो,’ ४८ वर्षकी ती महिलाले भनिन् ।

    पानीको प्लान्टमा काम गर्ने मुहम्मदले आफूले असाध्यै मन पराएकी महिलासँग विवाह गर्न पाएकोमा आफूलाई भाग्यमानी ठान्छन् । आफूहरू बीचको २६ वर्षको अन्तरलाई वास्ता नगर्ने बताउँछन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ