• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    एक्स रे मा शरीर भरी जुकाको अण्डा देखिएपछि

    3.3K
    SHARES

    काठमाडौँ। ब्राजिलका एक डाक्टरले आफ्नो सोसल मिडियामा एउटा एक्स-रे सार्वजनिक गरेका छन् । एक्स रे कस्तो थियो भने एक जना व्यक्तिको शरीर भरी जुका (टेपवर्म) को अण्डा देखिएको छ । त्यो पनि क्याल्सिफाइड (ढुङ्गाजस्तो) अवस्थामा ।

    साओ पाउलोस्थित हस्पिटल दास क्लिनिकास इन बाटुकाटुका डाक्टर भिटोर बोरिन डे साउजाले अघिल्लो हप्ता एक जना बिरामीको एक्स रे ट्विटरमा पोस्ट गरे । उनले आफ्ना फलोअर्सलाई उक्त तस्बिरमार्फत जुकाको सङ्क्रमण कतिसम्म भयानक हुनसक्छ भनेर देखाउन खोजेका थिए । डाक्टरका अनुसार उनको शरीरको मध्य भाग र पाखुरामा देखिएको सेतो स–साना दाग जुकाको क्याल्सिफाइड अण्डा हो ।

    तर एक्स रे जति भयानक देखिएको छ, त्यसको जोखिम भने खासै नभएको ती डाक्टर बताउँछन् । लगातार खोकी लागेर जँचाउन गएका ती बिरामीलाई ती अण्डाबाट खासै समस्या छैन किनभने ती सबै ढुङ्गा जस्तै भइसकेका छन् । यी अण्डाले ती व्यक्तिको स्वास्थ्यमा खासै समस्या निम्त्याउने नभए पनि यसले ब्राजिलको सोसल मिडियामा भने धेरै नै चर्चा बटुलेको छ ।

    ‘यी अण्डा ढुङ्गाजस्ता भइसकेका छन् । यदि यसले केही असुविधा निम्त्याएन भने जीवन मज्जाले चल्छ,’ डा. डे साउजाले भने ।

     

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ