• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    फोटो-फिचर

    संखुवासभामा दुर्घटनामा परेको सिम्रिक एयरको हेलिकप्टर र चालक घाइते (फोटो फिचर)

    19.2K
    SHARES

    काठमाडौँ। संखुवासभाको भोटखोला गाउँपालिका- ४ सिथ्रुङमा सिम्रिक एयरको हेलिकप्टर ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको छ ।

    हेलिकप्टरको पंखा भित्तामा ठोक्किएर दुर्घटना हुँदा पाइलट सुरेन्द्र पौडेल र हेलिकप्टरमै सवार भविन गुरुङ गम्भीर घाइते भएका छन् ।

    हेलिकप्टरमा रहेका छिरिङ भोटे भने हामफाल्ने क्रममा घाइते भएको जनाइएको छ । भोटे सिम्रिक एयरकै स्थानीय कर्मचारी रहेको जनाइएको छ ।

    नजिकै रहेको नेपाली सेनाको ब्यारेकबाट खटिएका उद्दारकर्मी र स्थानीयको सहयोगमा तिनै जनालाई उपचारका लागि लैजाने तयारी भइरहेको घटनास्थल पुगेका भोटखोला- ४ का वडाध्यक्ष विकास तामाङले बताएका छन् ।

    ‘म भर्खरै घटनास्थलमा आइपुगेको छु, घटनास्थलमा पाइलट सुरेन्द्र पौडेल, हेलिकप्टरमा चढेका स्थानीय व्यक्ति भविन गुरुङ गम्भीर घाइते भएका छन्’ उनले भने, ‘सिम्रिकको कर्मचारी छिरिङ भोटे हेलिकप्टरबाट हाम्फाल्दा घाइते भएका छन्, अहिले यहाँ नजिकै रहेको आर्मीले उद्दार गरिरहेको छ ।’

    संखुवासभा प्रहरीका अनुसार त्यहाँ निर्माणाधीन अपर अरुण जलविद्युत आयोजनाको निर्माण सामग्री बोकेर जाने क्रममा साढे १ बजे हेलिकप्टर दुर्घटना भएको हो ।

     

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया