• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विज्ञान-प्रविधि

    रोबोटद्वारा गर्भाधान गराइएका जुम्ल्याहाको जन्म, निषेचनका लागि मेसिनभन्दा मानिस नै पोख्त भएको केही विज्ञको भनाई

    6.5K
    SHARES



    काठमाडौँ। स्पेनमा बच्चा जन्माउन राेबोट्सको मद्दत लिइएको छ । रोबोट्सले गर्भाधान गर्न सहयोग गरेको जुम्ल्याहा छोरीको जन्म भइसकेको छ ।

    उक्त प्रक्रिया बार्सिलोनामा पूरा भएको हो र शुक्रकीटलाई सुईमार्फत महिलाको अण्डासँग मिलान गराउन विद्यार्थी इन्जिनियर इड्वार्ड अल्बाको सहभागिता थियो ।

    यो नयाँ प्रक्रिया स्टार्टअप कम्पनी ओभरचर लाइफले सुरु गरेको हो । महिलालाई अलि सस्तोमा प्रभावकारी ढङ्गले गर्भाधान गर्न सहयोग गराउने यसको उद्देश्य रहेको छ । इन- भिट्रो फर्टिलाइजेसनका लागि लाखौँ रकम खर्च हुने गर्छ ।

    साधरणतया आइभीएफ प्रविधिमा विशेषज्ञ डाक्टरको निगरानीमा नै पुरुषको शुक्रकीट र महिलाको अण्डालाई मिलाएर भ्रूणलाई विकसित गर्ने गरिन्छ । तर यस पटक रोबोट्सले यस्तो गरेको छ ।

    एमआइटी टेक्नोलोजी रिभ्युसँग कुरा गर्दै अल्बाले भने, ‘म त्यति बेला शान्त थिएँ । त्यति बेला मैले सोचिरहेको थिएँ ‘यो अर्को एउटा परीक्षण त हो ।’’

    ‘यो ठुलो उपलब्धि हो । ओभरचरले अब रोबोटद्वारा पहिलो पटक गर्भाधान गरिएको २ स्वस्थ छोरीलाई जन्म दिएको भनेर दाबी गर्न सक्छ ।’

    यद्यपि, विशेषज्ञ यसका लागि थप अनुसन्धानको आवश्यकता रहेको विश्वास गर्छन् । केही विज्ञ भने यसमा सहमत छैनन् । कोलम्बिया युनिभर्सिटी फर्टिलिटी क्लिनिकका निर्देशक जेभ विलियम्सले यो समयमा निषेचनका लागि मेसिनभन्दा मानिस नै पोख्त भएको बताएका छन् ।

    ‘निषेचनका लागि तपाईं सकेसम्म नाजुक हुनुपर्छ । यो समयमा मानिस नै मेसिनभन्दा राम्रा छन्,’ उनले भने । ओभरचरले यसमा थप अनुसन्धानका लागि ३७ मिलियन डलर रकम सङ्कलन गरिसकेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ