काठमाडौँ । धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेकपा बहुमत र मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी पार्टीबीच एकताबारे अन्तिम टुंगो लागेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रहने नयाँ पार्टीको अध्यक्ष किरण रहनेछन् । त्यस्तै प्रवक्ता कञ्चन बन्ने भएका छन् ।
एकीकृत पार्टीमा हाललाई १५ सदस्यीय कार्यलय सदस्य रहनेछन् भने सचिवालय ८७ जनाको रहनेछ । त्यस्तै कूल २६७ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक समिती बनाइएको छ । यसमा दुवै पार्टीका केन्द्रीय सदस्यहरु समेटिएका छन् । अबको १ वर्षभित्र एकता महाधिवेशन गर्ने निर्णय भएको छ ।
एकताका लागि अन्तरिम विधान पास गरिएको छ भने पार्टीको दस्तावेज पनि पारित भएको छ। पार्टी एकताको घोषणा वैशाख १८ गते मजदुर दिवसका दिन गरिने नेता कञ्चनको भनाई छ ।
२०६९ सालमा प्रचण्ड नेतृत्वको नेकपा एकीकृत माओवादी पार्टीबाट अलग भई नेकपा– माओवादी गठन भएको थियो । वैद्य प्रचण्डबाट अलग भएको तीन वर्षमै विप्लवले आफ्नो नेतृत्वमा नेकपा गठन गरेका थिए ।
विप्लव नेतृत्वको पार्टीबाट बास्तोला नेतृत्वको टिम विभाजन भई आफ्नो नेतृत्वमा नेकपा बहुमत गठन गरेका हुन् । प्रचण्ड नेतृत्वको पार्टीबाट अलग भएको ११ वर्षपछि किरण र कञ्चन एउटै पार्टीमा हुने भएका छन् ।
प्रतिक्रिया