• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    बीटीएस स्टार जस्तो देखिन १२ पटक अनुहार सर्जरी गरेका क्यानडेली अभिनेताको निधन

    2.4K
    SHARES

    काठमाडौं । लोकप्रिय के-पप स्टार जिमिनसँग मिल्दोजुल्दो देखिन १२ पटकभन्दा बढी प्लास्टिक सर्जरी गरेका क्यानडेली अभिनेता सेन्ट भोन कोलुचीको दक्षिण कोरियामा निधन भएको छ ।

    केही महिनादेखि उनले कस्मेटिक प्रक्रियाका जटिलता भोगिरहेका थिए । उनको उमेर २२ वर्ष थियो । उनका प्रवक्ता एरिक ब्लेकले डेलीमेलसँग कुरा गर्दै १२ पटक प्लास्टिक सर्जरीमा २ लाख २० हजार अमेरिकी डलर खर्च गरेको जानकारी दिए ।

    यसो गर्दा अमेरिकी स्ट्रिमिङ नेटवर्कमा के-पप स्टारजस्तै देखिन सक्ने उनको बुझाइ थियो । गत शनिबार रातिदेखि उनले गत नोभेम्बरमा गरिएको सर्जरी हटाउन पुनः थालेका थिए ।

    शल्यक्रिया जोखिमपूर्ण हुने थाहा हुँदाहुँदै पनि कोलुची रोकिएनन् । जसले गर्दा उनमा संक्रमण भयो । शल्यक्रियाको केही घण्टामै उनको निधन भयो । ब्लेकका अनुसार भोन कोलुची संगीत उद्योगमा प्रवेश गर्न सन् २०१९ मा क्यानडाबाट दक्षिण कोरिया पुगे ।

    उनी दक्षिण कोरियाका ३ ठूला मनोरञ्जन कम्पनीमध्ये एउटामा प्रशिक्षार्थीको रूपमा काम गरिरहेका थिए । मार्च २०२२ मा युवा अभिनेतासँग काम गर्न थालेका ब्लेक भन्छन्, ‘यो धेरै दुःखद् र धेरै दुर्भाग्यपूर्ण छ ।’

    उनी आफ्नो लुक्सको बारेमा धेरै असुरक्षित थिए । उनको धेरै वर्गाकार अनुहारको आकार र चिउँडो थियो, जुन उनलाई मन पर्दैनथ्यो । गत वर्ष उनको कन्सिरीको ठूलो शल्यक्रिया गरिएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ