• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized

    आज थप १ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि

    1.8K
    SHARES



    काठमाडौँ । पछिल्लो २४ घण्टामा १ सय ३६ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५ सय ९१ जनामा गरिएको नमुना परीक्षणमा १ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३ सय ९० पुगेको मन्त्रालयले जनाएको छ । सोही अवधिमा ६४ जना संक्रमणमुक्त भएका छन् ।

    यस्तै, नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालको दर्शन पाउन पनि दूर्लभ भएको टिप्पणी गरेका छन् ।

    मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्री दाहालको संसदमा अनुहार हेर्न पनि दूर्लभ भएको बताएका हुन् ।

    उनले भारत भ्रमणबारे संसदलाई अझै जानकारी नगराएको भन्दै प्रधानमन्त्री दाहालको आलोचना समेत गरे ।

    सांसदहरुले पटकपटक आग्रह गर्दा पनि प्रधानमन्त्री दाहालले संसदमा त्यसबारे एक शब्द पनि नबोलेको भन्दै उनले असन्तुष्टि जनाए ।

    सांसद पन्तले प्रधानमन्त्री दाहालको भारत भ्रमण फलदायी होस भन्ने आफूहरुले चाहेको पनि उल्लेख गरे । भारतसँगको सम्बन्ध नेपालको लागि महत्वपूर्ण हुने उल्लेख गदै उनले प्रधानमन्त्री दाहालको सो भ्रमण सफल रहोस भनि कामना समेत गरे ।

    सांसद पन्तले भारतसँगको नेपालको सम्बन्ध अझै सुमधुर र सुदृढ हुनुपर्नेमा पनि जोड दिएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ