• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized

    आज १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि, सङ्क्रमण भएमा तत्काल आइसोलेनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह

    2K
    SHARES



    काठमाडौं । पछिल्लो समय कोरोनाभाइरस (कोभिड-१९) सङ्क्रमण दर बढ्न थालेपछि सरकारले यसको रोकथाम तथा संक्रमण न्यूनीकरणका लागि सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड- १९ सङ्क्रमण भएमा तत्काल आइसोलेसनमा बस्न आग्रह गरेको छ ।

    सङ्क्रमणपछि आइसोलेसनमा ५ दिनभन्दा बढी बस्दा कुनै पनि लक्षण नदेखिए, विगत २४ घण्टाभित्र ज्वरोको औषधि नखाई ज्वरो कम भएमा त्यस्तो व्यक्ति सामान्य दैनिकीमा फर्कन मिल्ने मन्त्रालयको भनाइ छ ।

    ज्वरो आउन कम नभएमा र सास फेर्न कठिनाई भएमा ७ दिनसम्म आइसोलेसनमा बस्नुपर्ने मन्त्रालयको भनाइ छ । यस्तै, ७ दिनसम्म आइसोलेसनमा बसेका बिरामीलाई बाहिर आउनु अघि चिकित्सकसँग परामर्श गर्न पनि मन्त्रालयले सुझाव दिएको छ ।

    यस्तै, पछिल्लो २४ घण्टामा थप १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४ सय ५० नमूनामध्‍ये ७ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा ५५ जना र १ हजार ६ सय ७२ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जना गरी १ सय ८ जनामा कोरोना सक्रमण देखिएको हो ।

    यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३ सय ८६ जना पुगेको छ भने संस्थागत आइसोलेशनमा २१ जना, आईसीयूमा ७ र भेन्टिलेटरमा ३ जना उपचाररत रहेका छन्छन् । संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ