• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    प्रवास

    एकताको ११ औं महाधिवेशनको लागि एनआरएनएको अपील, यस्ता छन् १२ निर्णय

    2.6K
    SHARES

    काठमाडौँ । गैरआवसीय नेपाली संघ (एनआरएनए) ले एकताको ११ औं महाधिवेशनको अपील गरेको छ । संघले अक्टोबर २०२३ मा हुने महाधिवेशनलाई एकताको महाधिवेशनको लागि तयार रहेको भन्दै त्यसको लागि कार्यदल समेत गठन गरेको छ ।

    संघका अध्यक्ष विनोद कुँवर र महासचिव जानकी गुरुङले संयुक्त विज्ञप्ति जारी गरेर सन् २०२२ मा काठमाडौँमा भएको १० औं महाधिवेशनको अन्तिम आएर देखा परेका समस्याको समाधान गर्दै एकताको महाधिवेशनको लागि अपील समेत गरेका छन् । १० औं महाधिवेशनको अन्तिममा देखा परेका समस्यालाई समाधान गरेर एकताको ११ औं महाधिवेशन गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

    “२०२२ मा काठमाडौँमा संघको १० औं अन्तर्राष्ट्रिय महाधिवेशन आधिकारिक रुपमा सम्पन्न भएको थियो । तर महाधिवेशनलाई नमान्ने भन्दै केही साथिहरु महाधिवेशन छोडेर केही दिनपछि छुटै महाधिवेशन गर्ने गर्नुभयो । उहाँहरुबाट एकताको ११ औं महाधिवेशन संयुक्त रुपमा गर्ने भन्ने कुरा मौखिक रुपमा मात्रै हामीलाई आएको थियो ।

    हामीले संघभित्र आपसी रुपमा घनिभूत रुपमा छलफल गरी १० औ महाधिवेशन समयमा हुन नसक्नुका कारण, विवादको मुललाई सुधार्दै एकताको महाधिवेशनको लागि तयार छौं । एकता नै संघको शक्ति हो भन्ने कुरामा हामी विश्वस्त छौं” जारी विज्ञप्तिमा भनिएको छ । साथै, विज्ञप्तिमा एकताको महाधिवेशनको विपक्षमा नभएको बताउँदै आधारभूत कुरा छोडेर सम्झौता नगर्ने बताइएको छ ।
    संघले एकताको महाधिवेशनको लागि १२ बुँदे निर्णय समेत गरेको छ ।

    प्रतिनिधिहरु एकताको महाधिवेशनमा भौतिक रुपमा उपस्थिति हुनुपर्ने, दुबै पक्षका सदस्यता नविकरणको स्पष्ट खुल्नुपर्ने, अनलाइनबाट भोट नगर्ने, दुबै पक्षबाट पारित भएको सम्पूर्ण नियमावलीहरु खारेज हुनुपर्ने, १० औं महाधिवेशनलाई दुबै पक्षले स्वीकार गर्ने, दुबै पक्षको समान संख्यामा प्रतिनिधित्व हुनुपर्ने, दुबै पक्षबाट आएको नेतृत्वलाई समान अधिकार, बन्दसत्र अघि नै दुबै संघको विघटन गर्ने, दुबै पक्षका कार्यसमिति, पदाधिकारी, परिषद् सदस्य, मानार्थ सदस्य, सल्लाहकार मान्य हुने, आवद्ध तथा साझेदार संस्थाहरुमा समान संख्यमा महाधिवेशन समिति बनाउने लगायतका निर्णय पनि संघले गरेको छ ।

    त्यसैगरी एकताका महाधिवेशनको लागि कार्यदल समेत गठन गरेको छ । महासचिव जानकी गुरुङको संयोजक रहेको कार्यदलमा उपाध्यक्ष सुरेन्द्र सिग्देल, सचिव कृष्ण केसी, प्रवक्ता प्रकाश धमला, धरम केसी सदस्य रहेका छन् । साथै, संघका गतिविधिहरु नियमित रुपमा संचालन हुने समेत विज्ञप्तिमा उल्लेख छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ