• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विज्ञान-प्रविधि

    काठमाडौंपछि अब पोखरा र वीरगञ्जमा पनि फाइभजी परीक्षण गर्दै टेलिकम

    5.3K
    SHARES



    काठमाडौं । नेपाल टेलिकमले पोखरा र वीरगञ्जमा पनि मोबाइल सेवाको पछिल्लो पुस्ता फाइभजी सेवाको आन्तरिक परीक्षण गर्दै छ ।

    यसका लागि सिस्टम जडान तथा अन्य प्राविधिक तयारीको काम भइरहेको कम्पनीका प्रवक्ता शोभन अधिकारीले बताएका छन् । टेलिकमले गत माघ २२ देखि काठमाडौंमा फाइभजीको आन्तरिक परीक्षण थालेको थियो । सबै प्रदेशका मुख्य सहरमा परीक्षण गर्ने योजना अनुसार दोस्रो चरणमा पोखरा र वीरगञ्जमा सिस्टम टेस्टिङको काम हुन लागेको प्रबक्ता अधिकारीले बताए ।

    ”काठमाडौंपछि हामीले पोखरा र वीरगञ्जमा फाइभजीका लागि आवश्यक सिस्टम टेस्टिङको काम गरिरहेका छौं,” उनले भने, ”सिस्टम टेस्टिङ सकिएपछि आन्तरिक परीक्षण सुरु हुन्छ । त्यसपछि बाँकी ३ प्रदेशमा परीक्षण गरछौँ ।”

    कम्पनीले ​आफ्नो बबरमहल र सुन्धारास्थित कार्यालयबाट फाइभजी नेटवर्कको आन्तरिक परीक्षणको सुरुवात गरेको थियो । सर्वसाधारणका लागि पनि परीक्षण अवधिभर निःशुल्क सेवा दिने भनेपनि यसबारे कम्पनीले कुनै कदम चालेकाे छैन ।

    नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी परीक्षणका लागि २६०० मेगाहर्ज ब्याण्ड अन्तर्गत ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको छ । परीक्षणबाट पत्ता लागेका कुरालाई अघि बढाउँदै व्यावसायिक सेवा सुरु गर्ने कम्पनीको योजना रहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ