• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    धार्मिक बन्धन्- उत्तर अमेरिकाको यस्तो ठाउँ जहाँ महिलालाई शरीका रौं काट्न बन्देज छ

    2.9K
    SHARES

    काठमाडौँ। संसारका विभिन्न देशमा फरक-फरक रीतिरिवाज तथा संस्कृति पाइन्छन् ।

    कतिपय समाज तथा समुदायमा यस्ता परम्परा तथा नियमहरू पनि रहेका छन् जुन अहिलेको आधुनिक विश्वका लागि अनौठो तथा अपत्यारिलो विषय बन्न सक्दछ ।

    उत्तर अमेरिकामा बस्ने अमिश समुदायका मानिसहरुमा एउटा यस्तो परम्परा छ जस अनुसार महिलाहरुलाई आफ्नै शरीरका रौं काट्ने सम्मको अनुमति छैन । उनीहरू आफ्ना हातखुट्टामा पलाएका रौंहरू समेत उखेल्न पाउँदैनन् । त्यसैले उनीहरु आफ्ना हातखुट्टामा पलाएका रौं लुकाउनका लागि लामो तथा ठूलो आकारका कपडा लगाउँछन् वा लामो मोजाहरू लगाउँछन् ।

    यहाँका महिलाहरुले आफ्नो शरीरको कुनै पनि भागका रौं काट्न पाउँदैनन् । जसका कारण उनीहरुका काखीका रौं समेत निकै लामो भएका हुन्छन् र पसिनाका कारण दुर्गन्धको सामना गर्नुपर्दछ । त्यसैले गन्ध नियन्त्रणका लागि उनीहरुले साथमा पर्फ्युम बोकेर हिड्छन् ।

    आधुनिकताको नाममा नियम तोड्ने छुट यो समुदायका महिलालाई छैन । नियम उल्लंघन गर्ने महिलालाई घरपरिवार तथा समुदायले पनि सजाय दिन्छ ।

    अमिश समुदाय एनाबाप्टिज्म क्रिस्टियन चर्चासँग सम्बन्धित रहेको छ । उनीहरुले शरीरका रौं को सम्बन्धमा चर्चको बाइबलीय नियम पालना गर्दछन् । सो नियम अनुसार महिलालाई शरीरका रौं काट्नका लागि पूर्ण रुपमा बन्देज गरिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ