• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    छालाभित्रबाट जुका हिँडिरहेको स्पष्ट देखिने यो कस्तो रोग ?

    2.7K
    SHARES

    काठमाडौँ। स्पेनमा ढलको काम गर्ने एक व्यक्तिलाई जुकाको यस्तो सङ्क्रमण देखियो कि डाक्टरले उनको छालामुनी यसको लार्भा हिँडिरहेको स्पष्ट देख्न सक्थे ।

    द न्यु इङ्गल्याण्ड जर्नल अफ मेडिसिनमा यो निकै अचम्मको घटनाबारे जानकारी दिइएको छ । ६४ वर्षका ढल प्रशोधन गर्ने व्यक्तिलाई एक दिन अचानक झाडापखाला लाग्यो । त्यसपछि उनको शरीर भरी चिलाउन थाल्यो ।

    यो देखेर उनलाई आफ्नो शरीरमा केही त गडबडी छ जस्तो लाग्यो । उनले आफ्नो समस्याबारे मड्रिडस्थित युनिभर्सिटी अस्पतालका डाक्टरलाई जानकारी दिए जहाँ डाक्टरले परीक्षणपछि उनलाई गोलो जुका (राउन्डवर्म) को गम्भीर सङ्क्रमण भएको फेला पारे ।

    स्ट्रोन्गीलोइड्स स्टेरकोरालिस नाम दिइएको यो सङ्क्रमणको लक्षण खासै देखिँदैन तर यो केस भने गम्भीर थियो, डाक्टरले ती बिरामीको छाला मुनीबाट जुका हिँडिरहेको देख्न सक्थे ।

    अनलाइन मेडिकल जर्नलमा सार्वजनिक फोटोमा देख्न सकिन्छ कि डाक्टरले रातो दाग देखिएको ठाउँमा रातो धर्का कोरेको देख्न सकिन्छ । यसमार्फत डाक्टरले के पत्ता लगाए भने उनको छाला मुनी पछिल्लो २४ घण्टादेखि जुका हिँडिरहेका थिए ।

    ती व्यक्तिको कामको प्रकृतिले गर्दा पनि सङ्क्रमण फैलिन मद्दत गरेको डाक्टरले विश्वास गरेका छन् ।

    जुकाको सङ्क्रमण भएका व्यक्ति कुनै लक्षण बिना वर्षौँसम्म सामान्य जीवनयापन गर्न सक्छन् तर यी व्यक्तिलाई भने स्पाइनल कर्ड कम्प्रेसनका लागि हर्मोन थेरापी दिनुपरेको थियो ।

    यसले उनको प्रतिरोधात्मक क्षमता कमजोर भयो र फलस्वरूप, जुका थप फैलन पायो । यो हाइपर इन्फेक्सन यति खराब भयो कि बिरामीको छाला मुनी लार्भा हिँडिरहेको मज्जाले देखियो ।

    यस्तो खालको हाइपर इन्फेक्सन मानिसका लागि घातक हुनसक्छ तर डाक्टरले यी व्यक्तिको जीवन बचाउन सके ।

    ‘एन्टी प्यारासाइटिक औषधीको सहयोगले बिरामीको शरीरमा देखिएको रातो धब्बा र झाडा रोकिएको छ, उनको स्वास्थ्य स्थिति सुधारोन्मुख छ,’ अस्पतालका प्रवक्ताले जानकारी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ