• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    सम्बन्ध स्थापित गर्दा मरेको नाटक गर्ने अचमका माकुरा

    2.5K
    SHARES

    काठमाडौँ। माकुराले बनाएको जालो जति जटिल हुन्छन्, त्यति नै जटिल हुन्छन् माकुराको दुनियाँ । माकुराका केही प्रजातिमा सेक्सपछि भाले पोथीको सिकारमा पर्छन् ।

    पोथीले भालेलाई मारेर खान्छ । आफूलाई जोगाउने प्रयासमा माकुराले पनि समय-समयमा आत्मरक्षाको बाटो अपनाउँछन् ।

    एक शोधका अनुसार फनल विभिङ स्पाइडर यौन सम्बन्ध स्थापित गर्दा निकै अचम्मको व्यवहार गर्छन् । सम्बन्ध स्थापित गर्दा यिनीहरूले अचम्मको व्यवहार देखाउँछन् । हेर्दा यिनीहरू मरिसके कि जस्तो देखिन्छन् । यस्तो गर्नुको एउटा रोचक कारण छ ।

    यी माकुरालाई फनल विभर्स र फनल वेब स्पाइडर पनि भनिन्छ । यिनीहरू पातलो हुन्छन् र तेज गतिमा कुद्न सक्छन् । यिनीहरूले आफ्नो जालो फनल (सोली) को आकारमा बनाउँछन् जसले सेक्सुअल क्यानाबिलिजममा सहज बनाउँछ अर्थात् यौन सम्बन्धपछि भालेलाई मारेर खान सहज हुन्छ । यस्तोमा यौन सम्बन्ध भालेका लागि आनन्ददायी कम, खतरनाक बढी हुन्छ ।

    केही प्रजातिका माकुराले एक असामान्य व्यवहार विकसित गरेका छन् जसलाई सेक्सुअल क्याटालेप्सी भनिन्छ । यसमा पोथीले आफ्नो खुट्टा मोड्ने गर्छन् र एकदम स्थिर हुन्छन् ।

    झट्ट हेर्दा यिनीहरू मरिसकेका जस्ता देखिन्छन् । यो देखेर पोथीले अब आक्रमण गर्दैन भन्ने कुरामा भाले ढुक्क हुन्छन् । त्यसैले उसले सम्बन्ध स्थापित गरिरहन्छ ।

    शोधकर्ताका अनुसार पोथी माकुराले जानीजानी आफूलाई स्थिर बनाउँछ वा व्यवहारिक ट्रिगर वा केमिकल क्यूका कारण भालेको यो व्यवहारमा कुनै नियन्त्रण हुन्छ भन्ने स्पष्ट जानकारी थिएन । तर अब नतिजा सार्वजनिक भएको छ ।

    यो बुझ्नका लागि अनुसन्धानकर्ताले फनल माकुराको सेक्सुअल क्याटालेप्सीको तुलना एट्रीजीना एक्यूलेटा प्रजातिका माकुरासँग गरे । यसमार्फत उनीहरुले पोथीको यस्तो व्यवहार भालेको नियन्त्रणमा हुन्छ कि पोथीको भनेर थाहा पाउन खोजे । यो शोधको नतिजा हालै करेन्ट जुलोजी जर्नलमा प्रकाशित भएको छ ।

    शोधकर्ताले ए. एक्युलेटा पोथीमाथि पनि अध्ययन गरे र यो तीन चरणमा गरियो । माकुराले आफूलाई मृत देखाउने क्रियालाई थानाटोसिस पनि भनिन्छ ।

    शोधकर्ताको मान्यता यो छ कि यदि सेक्सुअल क्याटालेप्सी, थ्यानाटोसिससँग धेरै मिल्दोजुल्दो हुन्छ भने यसलाई पोथीले नै नियन्त्रण गरिरहेका छन् । तर यदि यो एनेस्थिसियाजस्तै छ भने यसलाई भालेले नियन्त्रण गरिरहेका छन् भनेर मान्न सकिन्छ ।

    नतिजाबाट के पत्ता लाग्यो भने सेक्सुअल क्याटालेप्सी थेनाटोसिसजस्तै थियो । शोधका सह–लेखक मार्क एल्गरका अनुसार यो शोधले स्पष्ट हुन्छ कि सेक्सुअल क्याटालेप्सी पोथीले नियन्त्रण गर्छ र यसरी नै उनीहरुले आफ्नो साथी छान्ने गर्छन् ।

    सम्बन्ध त्यति बेला नै स्थापित गर्छन् जब पोथीले सेक्सुअल क्याटालेप्सी (यौन उत्प्रेरक) गर्छन्, त्यसैले यदि उनीहरुले यस्तो व्यवहार गरेनन् भने सम्बन्ध स्थापित गर्ने प्रक्रिया अघि बढ्दैन ।

    यद्यपि, यौन सम्बन्धका बेला पोथी मृत देखिन सक्छन् तर भालेले राम्रोसँग बुझ्छन् कि उनीहरुले नाटक गरिरहेका छन् । प्रक्रिया समाप्त भए लगत्तै जब भाले पछि हट्छ तब पोथी उठ्छन् ।

    एल्गरका अनुसार फनल माकुराका थुप्रै अन्य प्रजातिमा पनि सेक्सुअल क्याटालेप्सी हुन्छ तर यो प्रविधिले अन्य समूहमा पनि त्यसरी नै काम गर्छ भनेर भन्नु हतार हुन्छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ