• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized

    नयाँ बर्षमा भारतबाट घर फर्किनेहरु संगै बढ्दैछ कोरोना संक्रमण

    1.7K
    SHARES



    काठमाडौँ। नयाँ बर्षमा भारतबाट घर फर्किनेहरु बढेसंगै कोरोना संक्रमण पनि बढ्न थालेको छ ।

    भारतबाट घर फर्किएका अधिकांस नेपालीहरूमा कोरोना संक्रमण देखिन थालेको हो ।

    बाँकेस्थित नेपाल-भारत सीमा जमुनाहा नाकाबाट नेपाल प्रवेश गरेकाहरूमा कोरोना संक्रमण पाइएको जनाइएको छ ।

    भारतबाट नेपाल आएकाहरूमा कोरोना देखिएसँगै परीक्षणको दायरा पनि बढाइएको जमुनाहा नाका हेल्थ डेस्क प्रमुख गीता गिरी शाहीले जानकारी दिइन् ।

    ‘हामीले दिनहुँ १ सय ५० देखि २ सय जनासम्म परीक्षण गरिरहेका छौं,’ उनले भनिन्, ‘चैत महिनामा मात्र ३० जनामा कोरोना पुष्टि भएको छ ।’

    कोरोना देखिएका र सामान्य लक्षण भएकाहरूलाई आइसोलेसनमा बस्न आग्रह गरिएको उनले बताइन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ