काठमाडौँ । देशभर थप ३८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
६ सय ५६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १५ तथा एन्टिजेन विधिबाट २३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो तथ्याङ्क ३ दिनको एकमुस्ट विवरण हो भाहने यही अवधिमा थप ७ जना निको पनि भएका छन् । योसँगै देशभर पीसीआर विधिबाट सङ्क्रमितको सङ्ख्या १ सय ७१ पुगेको छ ।
मन्त्रालयका अनुसार थप ५१ हजार ९ सय ९८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया