• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    मध्याह्नमा मानिस किन उदास हुन्छ ? यस्तो छ रोचक तथ्य

    1.5K
    SHARES

    काठमाडौँ। मानिस हरेक २४ घण्टामा भिन्न- भिन्न समयमा ऊर्जाले भरपुर हुन्छन् । कसैलाई बिहानै काम गर्न मन पर्छ त कोही अबेर राती राम्रोसँग काम गर्छन् ।

    तर मध्याह्न एउटा यस्तो समय हो जसमा धेरैजसो मानिस थाकेको अथवा उदास महसुस गर्छन् । वैज्ञानिकलाई विश्वास गर्ने हो भने दिनको कुनै पनि समयमा ऊर्जा घट्दा विभिन्न सङ्केत दिने गर्छ । यो बाइपोलर डिसअर्डर पनि हुनसक्छ वा शरीरमा ग्लुकोजको कमी पनिहुन्छ ।

    मेलबर्नको स्विनबर्न युनिभर्सिटी अफ टेक्नोलोजीले (एसयुटी) ले ऊर्जाको स्तर घट्ने र दिमागबीच सिधा सम्बन्धबारे पत्ता लगाएका छन् । यो शोधको नतिजा टाइम अफ डे डिफरेन्सेस इन न्युरल रिवार्ड फङ्सनिङ् नामको जर्नल अफ न्युरोसाइन्समा छापिएको छ ।

    सेप्टेम्बर सन् २०१७ मा छापिएको शोध अनुसार दिमागको न्युरल पाथवे सधैँ तारिफको खोजीमा रहन्छ । हामीलाई कसैले कुनै कामको लागि तारिफ गर्छन् भने हाम्रो न्युरल पाथवे सक्रिय हुन्छ र दिमागलाई बुस्ट गर्छ । यसले सेरोटोनिन हर्मोन बन्ने गर्छ, यसलाई ह्याप्पी हर्मोन पनि भनिन्छ । यसले विभिन्न खालका इलेकट्रिकल र केमिकल सिग्नल दिन्छ जसले दिमागलाई लामो समयसम्म सक्रिय राख्छ ।

    वैज्ञानिकले यसलाई रिवार्ड सर्किट भन्ने गर्छन् । धेरैजसो मध्याह्नको समयमा यो सर्किट कमजोर हुन थाल्छ । बिहानदेखि काम गरिरहेका मानिस थाक्न थाल्छन् र दिउँसोको खाजा खाएपछि सुस्ताउने मुडमा आउँछन् ।

    कतिपय अवस्थामा मानिसहरू मध्यान्हको समयमा भोको रहन्छन् त्यसैले पनि उनीहरू एक-अर्काको तारिफ गर्दैनन् । मध्यान्हमा कुनै मिटिङ भयो भने बोसले धेरैजसो असन्तुष्टि मात्रै पोखिरहेका हुन्छन् वा उनी थाकेको देखिन्छन् ।

    सर्केडियन रिदम पनि मध्याह्नको उदासीको एउटा कारण हो । यो एक प्रकारको बडी क्लब हो जसले हाम्रो २४ घण्टामाथि निगरानी राख्छ । यसमा हाम्रो सुत्ने-उठ्ने, खान पिन पनि समावेश छ । यदि थुप्रै दिनसम्म हामी राती राम्रोसँग सुत्न सक्दैनौँ भने हाम्रो सर्केडियन रिदम डिस्टर्ब हुन्छ । यसको असर मध्याह्नमा सबैभन्दा बढी देखिन्छ जब प्रकाश बढेर कम हुन थाल्छ ।

    शोधका अनुसार मध्याह्नमा यदि हामीले इनाम पायौँ भने उदासी घट्नेछ । यो इनाम कसैबाट पाएको तारिफ हुनसक्छ वा असाध्यै मिठो खाना हुनसक्छ । धेरै मानिसहरू दिउँसोको समयमा अचानक चटपटा वा कार्ब्सले भरपुर खाना खान निस्कन्छन् । यो इशारा हो कि रिवार्ड सर्किट कमजोर भइरहेको छ । मन परेको खानाले त्यसमा राहत दिन्छ ।

    २४ घण्टामा पनि मुडमा थुप्रै पटक उतार–चढाव आउँछ । यही ढाँचा लामो समय अथवा पूरा हप्ताका लागि पनि देखिन सक्छ । नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीले यसबारे ठुलो अनुसन्धान गरेको छ । यसको मनोविज्ञान विभागले लगभग २५ मिलियन वटा ट्विटर मेसेजको प्याटर्न हेर्‍यो । यी साधारण प्रयोगकर्ताका थिए ।

    उक्त अनुसन्धानमा दिनको निश्चित समयमा मानिसहरूले निश्चित रूपमा व्यवहार गरेको पाइयो । कहिलेकाहीँ उनीहरू रिसाउँछन् भने कुनै खास समयमा त्यही मानिस समझदार भएर बोल्छन् ।

    डाटा केलाएर हेर्दा बेलुका ४ बजेदेखि राती १२ बजेसम्म मानिसको मुड राम्रो हुने पाइयो । उनीहरू एक–अर्काको तारिफ गर्छन् । ‘लेट मर्निङ’ मा मुड खराब हुन्छ । काम छिटो सकाउने हडबडीमा पनि यस्तो हुनसक्ने बताइएको छ ।

    बिहान उठेपछि र राती सुत्नु अघि पनि उनीहरू धेरैजसो खुसी नै भइरहेका हुन्छन् । शुक्रवारको दिन मानिसहरू बिहानै देखि प्रसन्न देखिन्छन् । उनीहरू मद्दत गर्न तयार हुन्छन् । यस्तै विकेन्ड समाप्त हुनै लाग्दा उनीहरू पूरा हप्ताको सबैभन्दा खराब मुडमा पुग्ने गर्छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ