• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    प्रवास

    जापानबाट एसईईमा यसपटक १४ जना सहभागी

    3.2K
    SHARES

    काठमाडौँ। आजबाट सुरू हुने एसईई परिक्षामा जापानबाट पनि १४ जना नेपाली विद्यार्थीहरु सहभागी भएका छन् ।

    राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष पनि जापानमा एसईई परीक्षा केन्द्र निरन्तरता दिएपछि नेपाली विद्यार्थी पनि सहभागी हुन पाएका हुन् ।

    नेपालबाट कामको लागी जापान पुगेका बुबाआमासँगै जापानमा हुर्किरहेका विद्यार्थीले विद्यालयमा अध्ययन गरिरहेका छन् ।

    नर्सरीदेखि कक्षा १२ सम्म पढाई भइरहेको विद्यालयमा यस वर्ष १४ जना विद्यार्थीले जापानबाटै एसईई परीक्षामा सहभागीता जनाएका हुन् ।

    जापान सरकारको अनुमतिमा नेपाली पाठ्यक्रममा अध्यापन भइरहेको एभरेष्ट इन्टरनेशनल स्कुलमा हाल ४ सय जना विद्यार्थी अध्ययनरत रहेको प्रिन्सिपल विष्णुप्रसाद भट्टले बताएका छन् ।

    बोर्डले देशबाहिरको एकमात्र केन्द्र एभरेष्ट इन्टरनेशनल स्कुलमा परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षा नेपाली समय अनुसार बिहान ८ बजेबाट सुरू भएको छ ।

    एभरेष्ट स्कूल सरकारको स्वीकृतिमा नेपाली पाठ्यक्रम अध्यापन गराइरहेको देशबाहिरको एक मात्र सामुदायिक विद्यालय हो ।

    विद्यालयको नेपाली पाठ्यक्रम स्वीकृतिका लागि २०७१ सालमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट शिक्षण अनुमति लिइएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ