• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    जागिरका लागि जाँदा अन्तर्वार्ता लिने व्यक्ति पूर्व प्रेमी परेपछि…

    4.5K
    SHARES

    काठमाडौँ। जागिरका लागि विभिन्न संघसंस्थामा अन्तर्वार्ता दिन जाँदा प्रायः अपरिचित व्यक्ति नै भेटिन्छन् तर अमेरिकामा एक जना युवती अन्तर्वार्ता दिन जाँदा अन्तर्वार्ता लिने व्यक्ति पूर्व प्रेमी रहेको पाइयो ।

    अमेरिकाको अस्टिन सिटीकी युवती रेली जोएट अन्तर्वार्ताका लागि जाँदा ६ वर्ष पहिला आफूले छाडेका पूर्व प्रेमी अन्तर्वार्ता लिन बसिरहेको देखिन् । उनले सामाजिक सञ्जालमा आफ्नो भोगाइ बताएकी छन् ।

    उनलाई रोजगारीको धेरै आवश्यकता थियो । त्यसैले उनले अन्तर्वार्ता बीचमै छाड्न सकिनन् । अन्तर्वार्तामा उनी पास भइन् तर उनले त्यहाँ काम गरिनन् ।

    आफैंले छाडेको पूर्व प्रेमी नेतृत्वको कार्यालयमा काम गर्न उनलाई मन परेन । त्यसैले उनले त्यो कार्यालयमा काम गरिनन् । अहिले उनी अन्यत्रै जागिर गरिरहेकी छन् ।

    उनी १९ वर्षीया हुँदा पूर्व प्रेमीसँग भेट भएको थियो । दुवैको सम्बन्ध ६ वर्ष रह्यो । उनले २५ वर्षीय हुँदा प्रेमीलाई छाडेर अगाडि बढेकी थिइन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ