• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    बच्चाको नाम आफूले भने अनुसार राख्न कानुनी लडाइँमा उत्रिए दम्पती

    2K
    SHARES



    काठमाडौँ। फ्रान्सका एक जोडी आफ्नो सन्तानको नामका लागि कानुनी लडाइँमा नै उत्रिएका छन् । आफ्नो सन्तानको नाम ‘हेड्स’ राख्न पाउनुपर्छ भन्दै उनीहरू कानुनी उपचारमा लागेका हुन् । ग्रिक परम्परामा यो नामको अर्थ ‘अन्डरवर्ल्ड देवता’ हो ।

    फ्रान्सको सेन्ट-मालो सहरका क्रिस्टिना डेस्ग्रेस र रोड्रिगो भ्यालेस्क्वेजले गत वर्ष सेप्टेम्बरमा सन्तान जमाएका थिए । तर उनीहरूसँग अहिले पनि बच्चा जन्मिएपछि दिइने ‘लिभरेट डे फेमिले’ नामको कागजात छैन ।

    यो नहुनुको एउटा रोचक कथा छ । बच्चाको नाम हेड्स राख्न स्थानीय अधिकारीले अस्वीकार गरेपछि बच्चाको कागजात बन्न नसकेको हो । बेबी हेड्सको अर्थ सानो परी हो तर ग्रिकको पौराणिक कथासँग परिचित जो कोहीका लागि यो अन्डरवर्ल्ड देवताको नाम हो, मृतकको क्षेत्र हो ।

    ‘कसैले पनि यसलाई त्यो शब्दसँग जोडेनन् । मटर्निटी वार्डमा यो नामले कसैलाई पनि चकित तुल्याएन । ठिक विपरीत मानिसलाई यो मनपर्यो,’ क्रिस्टिनाकी आमाले भनिन् । ‘हामीहरूलाई यो नाम मनपर्यो, त्यसैले यो छान्यौँ । साधारण कुरा हो । हेड्स भ्यालेस्क्वेज डेस्ग्रेज राम्रो सुनिन्छ ।’

    अडिटी सेन्ट्रलका अनुसार फ्रान्सलगायत अन्य सभ्य देशमा आमाबुवाले आफूलाई जे नाम मन पर्छ त्यो राखिहाल्न पाउँदैनन् । यदि अधिकारीलाई उक्त नाम बच्चाको हितको विपरीत लाग्छ भने उनीहरुले बच्चाका आमाबुवालाई प्रश्न सोध्न सक्छन् ।

    कतिपय अवस्थामा नाम परिवर्तन गर्नसमेत भन्न सक्छन् । हेड्सको अर्थ पनि खासै सकारात्मक नभएकोले अधिकारीले उक्त नाम राख्न बच्चाको परिवारलाई अनुमति दिएनन् ।

    ‘यो निर्णय हामीले बुझ्ने सक्दैनौँ । हामीलाई विश्वास छैन कि हामीले हाम्रो बच्चाको पहिलो नाम यस्तो छानेका छौँ जुन उनीहरूका लागि प्रतिकुल छ,’ क्रिस्टिनाले थपिन् ।

    ‘हामीले बच्चाको नाम लुसिफर र स्याटन त राखेका छैनौँ नि । हामी मूर्ख त छैनौँ नि । हामीलाई एउटा राम्रो ओरिजिनल नाम चाहिएको थियो । रोड्रिगोले ‘हेड्स’ भनेर भन्दा मलाई यो तत्काल मन परेको थियो ।’

    दम्पतीले एक वकिल राखेका छन् । आफ्नो बच्चालाई त्यही नाम राख्न जस्तोसुकै लडाइँ लड्न पनि आफू तयार भएको उनीहरुले बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ