• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    विप्लव नेतृत्वको नेकपा र कर्णजित नेतृत्वको नेकपा माओवादी समाजवादीबीच एकता

    2.2K
    SHARES



    काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र कर्णाजीत बुढा नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच पार्टी एकता भएको छ । काठमाडौँको प्रज्ञा भवनमा विप्लव नेतृत्वको नेकपा र कर्णजीत बुढा नेतृत्वको माओवादी समाजवादी पार्टीबीच एकता भएको हो ।

    तत्कालीन एकीकृत समाजवादीबाट अलग भएका विप्लव र कर्णजीत पार्टी एकता गरेर एक ठाउँमा आउने घोषणा गरेका हुन् । अहिले संकटग्रस्त दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाको स्वेच्छाराी शासन चलेको बताएका छन् ।

    ‘मुठ्ठीभर दलाल पुँजीपतिवर्ग बाहेक सारा नेपाली जनताको जीवन कष्टकर छ । मिटर ब्याज, लघुवित्त, धेरै जसो वित्तीय सहकारी र ठूला बैंकको चर्को ब्याजले गरीब किसान, विभिन्न व्यापार व्यवसायी, मध्यमवर्ग र राष्ट्रिय उद्योग-व्यवसायीहरु संकटमा पर्दै गएका छन्’ विज्ञप्तिमा भनिएको छ, ‘कैयौं ऋणीहरुले आत्महत्या गरिरहेका छन् भने कैयौं घरवास छोडेर हिँड्न विवश रहेका छन् ।

    सारा युवा पुस्ता विदेशिएको छ । महिला र श्रमिक समुदायमाथि विभन्न खाले हिंसा जारी छन् । गौ रवपूर्ण जनयुद्धलाई अपराधीकरण गरिँदै छ । शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्र अस्तव्यस्त छन् ।’

    भूमण्डलीकृत अमेरिकी साम्राज्यवाद नेपाललाई नवउपनिवेश बनाउन हस्तक्षेप गरिरहेको बताएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया