• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    एकैदिन तोलामा १६ सयले बढ्‌यो सुनको मूल्य

    1.6K
    SHARES

    काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको भाउ तोलामा १ हजार ६ सयले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

    यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यसैगरी तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार २ सय रुपैयाँ निर्धारण भएको छ । सोमबार तेजावी सुनको भाउ तोलाको १ लाख ३ हजार ६ सय रुपैयाँ निर्धारण भएको थियो ।

    यता मंगलबार चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले बढेर १३ सय कायम भएको छ । मंगलबार चाँदीको भाउ १२ सय ५५ रुपैयाँ कायम रहेको थियो ।

    यस्तै, सगरमाथा जलविद्युत कम्पनीले आईपीओ बिक्री खुला गर्न लागेको छ । उक्त आईपीओ चैत ८ गतेदेखि सर्वसाधारणका लागि निष्काशन हुने कम्पनीले जनाएको छ ।

    कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशत अर्थात् ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई छुट्याएको छ ।

    जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १० प्रतिशत अर्थात् ४ लाख ३६ हजार ८०० कित्ता सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

    यस्तै, कम्पनीले सामूहिक लगानी कोषहरुको लागि ५ प्रतिशत अर्थात २ लाख १८ हजार ४०० कित्ता सेयर र ३ प्रतिशत अर्थात कम्पनीका कर्मचारीहरुका लागि १ लाख ३१ हजार ४० कित्ता सेयर सुरक्षित गरिएको छ । बाँकी ३५ लाख ८१ हजार ७६० कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो ।

    यस आइएपिओमा चैत १२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत २२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ