• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विज्ञान-प्रविधि

    अब ९० सेकेण्डसम्मको फेसबुक रील्स बनाउन सकिने

    3.4K
    SHARES



    काठमाडौँ। मेटा कम्पनीले फेसबुक प्रयोगकर्ताका लागि केही नयाँ सिर्जनात्मक अभिव्यक्तिसँग सम्बन्धित फिचरहरू सार्वजनिक गरेको छ ।

    जसअनुसार अब फेसबुक प्रयोगकर्ताहरुले ९० सेकेण्डसम्मको फेसबुक रील्स भिडियो बनाउन सक्नेछन् । यसअघि एक मिनेटसम्मको मात्रै फेसबुक रील्स बनाएर अपलोड गर्न सकिन्थ्यो ।

    Meta for Creators नामक फेसबुक अकाउन्टबाट मेटा कम्पनीले उक्त नयाँ फिचरको घोषणा गरेको हो । अब प्रयोगकर्ताले इन्स्टाग्राममा जस्तै फेसबुकको Memories बाट Ready-made रील्स पनि बनाउन सक्नेछन् ।

    साथै कम्पनीले Grooves नामक नयाँ फिचर पनि लञ्च गरेको छ । यो फिचर अब कुनैपनि गीतको बिट अनुसार प्रयोगकर्ताको भिडियोको गतिलाई align तथा synchronize गर्नेछ ।

    त्यस्तै नयाँ थप गरिएको Templates टूल्समार्फत् प्रयोगकर्ताले ट्रेण्डिङ सामग्रीमा सजिलैसँग आफ्नो रील्स भिडियो तयार गर्न सक्नेछन् ।

    मेटा कम्पनीले यी सबै फिचर इन्स्टाग्राम रील्समा सात महिनाअघि नै उपलब्ध गराइसकेको छ ।

    प्रतिस्पर्धी प्लाटर्फम टिकटकले १५ मिनेटसम्मको भिडियो बनाउन सकिने गरी युट्युबलाई टक्कर दिन पुगेसँगै मेटाले पनि फेसबुक रील्सलाई लम्ब्याएको हो ।

    सन् २०२० मा इन्स्टाग्राम रील्स सुरु गरी टिकटकसँग प्रतिस्पर्धामा उत्रिएको मेटा कम्पनीले गतवर्ष मात्रै फेसबुक रील्स लञ्च गरेको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ