News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विजनेश

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

1.1K
SHARES


काठमाडौँ । नेपाली बजारमा लगातार तेस्रो दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारदेखि निरन्तर सुनको मूल्य घटिरहेको छ । नेपाली बजारमा सुनको मूल्य आज प्रति तोला ५ सयले घटेको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ सय रुपैयाँ कायम रहेको छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ५ सय र तेजाबी सुनको मूल्य १ लाख १ हजार रुपैयाँ रहेको थियो ।

यस्तै, मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५ सय रुपैयाँ थियो । उक्त दिन ३ सय ले घटेर सुनको कारोबार सुरु भएको थियो । त्यसयता २ दिनमा गरी सुनको मूल्यमा कूल १५ सय रुपैयाँको गिरावट आइसकेको छ ।

यस्तै, पल्लो समय चाँदीको मूल्य समेत घटिरहेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर १ हजार २ सय २० रुपैयाँ कायम रहेको छ । हिजो यसको मूल्य तोलामा १ हजार २ सय २५ रुपैयाँ कायम थियो ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया