• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized

    फिल्म डेब्युका लागि नीतिले पुरा गरिन् अभिनय कोर्स

    18.8K
    SHARES

    काठमाडौँ । फेसन मोडल नीति शाह ‘कामिनो’ मार्फत फिल्म अभिनयमा डेब्यू गर्दैछिन् । फिल्म डेब्युका लागि उनले अभिनयको तीन महिने कोर्ष समेत पूरा गरेकी छन् ।

    पुस महिनाबाट कलाकार तथा निर्देशक अनुप बरालको ‘एक्टर्स स्टुडियो’ मा अभिनय सिक्न थालेकी उनले अहिले भने कोर्स पुरा गरेकी छन् । उनले आफ्नो अभिनय कोर्स पुरा भएको जानकारी दिदै ‘एक्टर्स स्टुडियो’सँगको ३ महिना आफ्नो जीवनको सबैभन्दा अद्भुत समय रहेको बताएकी छन् ।

    नीतिले अभिनय सिकाइकै क्रममा फिल्म ‘कामिनो’ सम्झौता गरेकी हुन् । फिल्ममा छनौट गर्नुअघि निर्देशक दीपक वलीले केही संवाद दिएर अडिसन समेत लिएका थिए । चाँडै उनी ‘कामिनो’ को वर्कसपमा सहभागी हुनेछिन् । वर्कसपमा कलाकार भोलाराज सापकोटाले गराउँदैछन् ।

    फिल्म ‘कामिनो’ नीति अभिनेता प्रदीप खड्कासँग जोडी बाँधिँदैछ । यसअघि केही विज्ञापनमा उनीहरुले एकसाथ काम गरेका थिए । यस अगाडि उनले पहिलो फिल्मको रूपमा ‘हुतुतु’ र दोस्रो फिल्मको रूपमा ‘एक्स ९’ सम्झौता गरेकी थिइन् । तर यी दुवै फिल्मको छायाङ्कन सुरु हुन भने सकेको छैन ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया