• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    भिभोका २ वाट स्मार्टफोन भी २५ ई र वाई १५ सी को मूल्य घट्यो

    1.4K
    SHARES



    काठमाडौं । भिभो एक अग्रणी ग्लोबल टेक्नोलोजी ब्रान्डले आफ्नो भी र वाई सिरिजको नवीनतम स्मार्टफोन भी२५ई र वाई१५सी मोडलहरूको मूल्य भारी मात्राले घटाएको छ ।

    भी २५ ई (८+१२८ जीवी) को पुरानो मुल्य रु. ४२,९९९ थियो र रु ३००० घटेरे अब यो स्मार्टफोन नयाँ मुल्य रु.३९,९९९ मा उपलब्ध हुने भएको छ ।

    त्यस्तै रु १७,९९९ मुल्य रहेको भिभो वाई१५सी को मुल्य पनि रु ३००० ले घटेको छ । वाई१५स्ी मार्च १ तारिखदेखि मार्च ३१ तारिखसम्म रु १४,९९९ मूल्यमा उपलब्ध हुनेछ । यो नयाँ मूल्य नेपालको सबै रिटेल स्टोर र ई-कमर्स साइटहरूमा उपलब्ध हुनेछ ।

    भिभो नेपालका सीईओ माइकलले भने, “भिभोमा, हामी हाम्रा ग्राहकहरूको जीवनस्तर वृद्धि गर्न र उनीहरूलाई हाम्रा उत्पादनहरूमा थप पहुँचयोग्य बनाउन निरन्तर लागि परेका छौं ।

    हामी भिभो स्मार्टफोनको मुल्य घटाएर हाम्रा उपभोक्ताहरूप्रतिको यो प्रतिबद्धता कायम राख्न चाहन्छौं । दुबै भी र वाई सिरिजका स्मार्टफोनहरू किफायती र धेरै विशेषता भएका स्मार्टफोनहरू रोज्ने प्रयोगकर्ताहरुको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो ।”

    भिभो भी२५ई मा ६४एमपी ओआईएस अल्ट्रा-सेन्सिङ रियर क्यामेरा छ जसमा उच्च-संवेदनशील सेन्सर र ओआईएस छ जसले हाइब्रिड इमेज स्टेबलाइजेशन प्रदान गर्दछ । स्मार्टफोनमा बोकेह फ्लेयर पोट्र्रेट विशेषता पनि छ जसले डुअल क्यामेरा सेटअप प्रयोग गरेर रात्रिकालिन फोटोग्राफीलाई सुधार गर्दछ ।

    फोनमा ४४वाटको फ्ल्यासचार्ज र बलियो ४५०० एमएएच ब्याट्री रहेको छ जसले अत्यन्तै छिटो चार्ज गर्न अनुमति दिन्छ र प्रयोगकर्ताहरूले ब्याट्रीको जीवन वा फोन अत्यधिक तात्ने चिन्ता नगरी फोनका अन्य सबै क्षमताहरूको फाइदा लिन सक्छन् ।

    भी २५ ई मा मिडिया टेक हेलियो जी९९ सीपीयू छ जसले फोनमा भएका सुविधाहरूलाई सजिलैसँग सञ्चालन गर्दछ । यसमा ८जीवी र्याम छ जसलाई ३.० र्यामको सहायताले ८ जीवी सम्म विस्तार गर्न सकिन्छ ।

    भी २५ ई को कलर चेन्जिङ ग्लास प्यानलले सबैभन्दा बढी ध्यान तानेको छ । सूर्यको प्रकाशमा पर्दा, यसले बिस्तारै पछाडिको प्यानलको रङ परिवर्तन गर्छ ।

    वाई १५ सी मा आई प्रोटेक्शन सहितको ६.५१ इन्चको फूलभ्यू डिस्प्ले, विशाल ५ हजार एमएएच ब्याट्री, साइड माउन्टेड फिंगरप्रिन्ट स्क्यानर र शक्तिशाली एआई डुअल क्यामेरा छन् र यी सबैले सहज मनोरञ्जन अनुभव प्रदान गर्दछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ