• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    अनि उत्रिए बेहुला-बेहुली नै प्रदर्शनमा

    2.3K
    SHARES



    काठमाडौँ। डा. सहरीश पिरजादा बुवा आमाको घरबाट बिदाइ भएर निस्किएपछि श्रीमानको घर गइनन् ।

    कहाँ गइन् होला त भनेर सोचिरहनुभएको छ भने उनी विरोध प्रदर्शनमा गइन् । रातो पहिरनमा सजिएकी बेहुली बेहुलासहित जन्तीसँगै सडकमा विरोध प्रदर्शन गर्न पुगिन् । विरोध भने महँगीको विरुद्धमा थियो ।

    यो घटना पाकिस्तानको सिन्ध राज्यको नवाबशाह सहरको हो । हालै पाकिस्तानमा केन्द्रीय अर्थमन्त्री इशाक दारले अतिरिक्त राजस्वको लागि जीएसटी दर १७ बाट १८ प्रतिशतमा बढाएका छन् भने विलासिताका सामानहरूमा जीएसटी दर १७ बाट २५ प्रतिशतमा बढाइएको घोषणा गरे ।

    यसबाहेक आयकर श्रेणीमा विवाह र अन्य चाडपर्वमा १० प्रतिशतको हिसाबले अग्रिम कर लगाइएको छ । डा. सहरीश र यासिर बरडुको विवाहपछि महँगीविरुद्ध प्रदर्शन गर्न गएको भिडियो सोसल मिडियामा निकै चर्चित भयो जसमा जन्तीले ‘आँटा महँगो, ग्यास महँगो, चिनी महँगो, बिजुली महँगो’ भन्दै नारा लगाइरहेका थिए ।

    डाक्टर सहरीशले बीबीसीसँगको कुराकानीमा बिदाइपछि उनका श्रीमानले सिधै घर नगई विरोध प्रदर्शनमा भाग लिन जाने बताएको र त्यसमा आफूले स्वीकारोक्ति दिएको बताइन् ।

    उनले भनिन्, ‘जन्तीमा दुई-तीन वटा पिक अप भ्यान, तीन कार थिए जसमा जन्ती थिए । त्यसमा महिला र पुरुष दुवै समावेश थिए । उहाँहरू सबैले प्रदर्शनमा भाग लिनुभयो । म नारा त लगाइरहेको थिइनँ, लजाइरहेकी थिएँ, थोरै अचम्म महसुस भइरहेको थियो तर यो स्मरणीय भने रह्यो ।’

    २५ फेब्रुअरीमा घाम डुबिसकेको थियो । वरिपरिका गाडीका बत्ती र सहरमा पसलका बत्ती पनि बलिसकेका थिए । यसैबीच यी दुलहा-दुलही जन्तीसँग नारा लगाउँदै प्रेस क्लब गए ।

    यस्तै, अन्य सर्वसाधारण पनि यो अचम्मको प्रदर्शन हेर्न जम्मा भए । सहरीश भन्छिन्, भन्छिन्, ‘मानिसहरूले यो बनावटी प्रदर्शन भएको सोचेका रहेछन् । कतिले त सुटिङ चलिरहेको होला भनेर पनि सोचे तर पछि उनीहरूलाई थाहा भयो कि यो वास्तविक प्रदर्शन थियो ।’

    यासिर बरढू पहिले राजनीतिक कार्यकर्ता थिए र अहिले सरकारी विद्यालयमा शिक्षक छन् । उनले बीबीसीसँगको कुराकानीमा यो प्रदर्शन पहिल्यै योजना नगरिएको बताए । उनले भने, ‘विवाह मण्डपमा बस्दा बस्दै मलाई यो सोच आयो किनभने अहिलेको महँगीले सबै जना प्रभावित छन् र म पनि यसको सामना गरिरहेको छु । ’

    प्रदर्शनका लागि उनले आफ्ना साथीहरूसँग सर–सल्लाह गरे जसलाई उनीहरूले समर्थन गरे । यासिरले भने, ‘बिदाइपछि मैले आफ्नी दुलहीलाई प्रदर्शनको निर्णयको जानकारी दिएँ । यसका लागि उनले पनि सहमति जताइन् । त्यसपछि हामी दौलतपुरको सडकमा प्रदर्शनका लागि निस्कियौँ ।’ यासिरका अनुसार उनले सिन्ध मार्चमा सहभागीहरूसँग मुद्रास्फीतिसँगै ऐक्यबद्धता देखाउन चाहेको बताए ।

    सिन्ध युनाइटेड पार्टीका अध्यक्ष तथा सिन्धी राष्ट्रवादका नेता जे.एम. सैयदका नाति जैन शाहको नेतृत्वमा सख्खारदेखि कराँचीसम्म पैदल हिँड्दै मुद्रास्फीति, बेरोजगारीबाट मुक्ति र बाढीपीडितको पुनर्स्थापनाको माग राखिएको छ ।

    पाकिस्तानमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिको विरोधमा राजनीतिक र धार्मिक दलहरूले पनि विरोध प्रदर्शन गरिरहेका छन् । इमरान खानको तहरीक-ए-इन्साफले विगतमा प्रदर्शनहरू गरेको थियो जबकि तहरीक-ए-लब्बैक पाकिस्तानले कराँची सहित पाकिस्तानभर हडतालको आह्वान गरेको थियो, जसमा धेरै सहरहरूमा व्यापारहरू बन्द थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया