• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी राजनीति

    दिपेशले पाउने जिम्मेवारी पवनलाई दिएपछि क्रान्तिकारीमा बमण्डर, प्रचण्डलाई मिलाउनै सकस

    7.9K
    SHARES

    काठमाडौँ । नेकपा (माओवादि केन्द्र)ले अखिल क्रान्तिकारीका महसचिव दिपेश पुनले पाउनुपर्ने जिम्मेवारी समानान्तर गतिविधि गर्दै हिडिरहेका पवन कार्कीलाई दिएपछि विवाद झन चुलिँदै गएको छ । पार्टीको उपत्यका विशेष प्रदेश समिति अन्तरगत रहेको विद्यार्थी महाशाखाको अध्यक्ष कार्कीलाई बनाएपछि विवाद थप चर्किएको हो ।

    यसअघि उक्त कमिटीको अध्यक्ष संगठनको महासचिव हुने अभ्यास थियो । तर अहिले महासचिव पुनलाई नभएर कार्कीलाई बनाइएको छ । योसँगै महासचिव पुन असन्तुष्ट बनेको उनी निकट एक नेताले बताए ।
    संगठनका एक केन्द्रीय सदस्यले भने- “उपत्यका विशेष प्रदेश माताहतको विद्यार्थी महाशाखाको अध्यक्ष अहिलेसम्मको अभ्यासअनुसार संगठनका महासचिव दिपेस पुनले पाउन पर्ने हो, तर कार्कीलाई सो जिम्मेवारी दिने निणर्यले संगठनमा अर्को रणाको मच्चिने निश्चि देखिन्छ”

    कार्कीले अध्यक्ष पञ्चा सिंह र महासचिव पुनको नेतृत्व अस्विकार गर्दै समानान्तर गतिविधि गर्दै आएका छन् । पार्टीको पछिल्लो निणर्यले संगठनमा अराजकता झन् बढेर जाने देखिएको छ । “केही नेताहरुले कार्कीलाई समानान्तर गतिविधिमा लगाएको पछिल्लो निणर्यले पुष्टि गरेको छ । यसले संगठन सुदृढ नभएर झन समस्यामा फस्ने निश्चित छ” ती केन्द्रीय सदस्यले बताए ।

    संगठन विरोधी गतिविधि गर्दै हिडेका कार्कीलाई विद्यार्थी महाशाखाको जिम्मेवारी दिने पार्टी निणर्य त्रुटिपूर्ण रहेको महासचिव पुन पक्षले बताएएका छन् । “संगठनका महासचिवले पाउने जिम्मेवारी कार्कीलाई दिएर पार्टीले के गर्न खोजेको हो ? महासचिवप्रति पार्टीको बुझाई के हो ?” पुन निकट एक नेताले प्रश्न गरे ।

    यसअघि उक्त कमिटीको जिम्मेवारी तत्कालिन महासचिव उत्तम अधिकारीले सम्हालेका थिए । हालै माओवादी केन्द्रको स्थायी समिति बैठकले विद्यार्थी संगठनमा देखा परेका समस्या समाधान गर्ने निणर्य गरेको थियो । कार्की समूह तयार भएर अध्यक्ष पञ्चा सिंहको संयोजकत्वमा केन्द्रीय आयोजक कमिटी निर्माण गर्ने र स्ववियु निर्वाचानमा एक ढिक्का भएर जाने, चुनाव सकिएपछि राष्ट्रिय सम्मेलनमार्फत नयाँ नेतृत्व चयन गर्ने निणर्य गरेको थियो ।

    पार्टी निणर्यलाई बङ्ग्याएर कार्की पक्षले संगठन नै विगठन भएको गलत प्रचार गरेको आरोप अध्यक्ष सिंह-महासचिव पुन पक्षको आरोप छ । कार्की समूहले अखिल क्रान्तिकारीको वर्तमान कमिटी विगठन गरेको प्रचार गर्न थालेपछि पार्टी मसहासचिव देव गुरुङले त्यसलाई खण्डन गरेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ