• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    प्रवास

    अमृत गुरुङको घरबाट २ सय तोला सुनको गरगहना चोरी

    43.4K
    SHARES



    काठमाडौँ। हित्रोस्थित स्ट्यानवेलमा एक नेपालीको घरमा ठूलो मात्रामा सुनको गरगहना चोरी भएको छ ।

    गत आइतबार साँझ करिब ६ बजेतिर क्लेयर रोड निवासी अमृत गुरुङको घरबाट दुई करोड रुपैयाँ बराबरको करिब २ सय तोला सुनको गहना चोरी भएको हो।

    घरमा १३ बर्षिय बालक मात्र भएको मौका छोपेर चोरले नाटकीय रुपमा दाराज फोडी गरगहना लगेको गुरुङले बताए। उनले भने, ‘सधैँ आमा घरमै हुनुहुन्थ्यो, घट्नाको दिन एकैछिन बाहिर लिएर गएको थिएँ ।

    छोरा एक्लै थियो, त्यही मौकामा चोर घरमा पसेछ।’ आमा घरमै बस्ने भएकाले सुन सुरक्षित हुने विश्वास गरेर गुरुङकी बहिनीलेसमेत करिब ४० तोला सुनसँगै राख्न दिएकी थिइन् ।

    गुरुङले दिएको जानकारी अनुसार आमा, छोरी र बुहारीका गरगना जोड्दा करिब २ सय तोला सुन र केही हिरासमेत चोरी भएको छ ।

    चोरी भएलगत्तै घट्नास्थलको निरीक्षण गरेर प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । चोरले घर अगाडिको ढोका आफैँ खोलेर भित्र छिरी सामान बोकेर पछाडिबाट भागेको अनुमान गरिएको छ ।

    ४ जनाको संख्यामा रहेका चोरमध्ये एक जनाले बालकलाई कोठामै बस्न र फोन नचलाउन भन्दै बन्दी बनाएको थियो । चोरले गरगहना चोरी गर्नुका साथै दराज र कुर्सी समेत तोडफोड गरेका छन् ।

    पछिल्लो समयमा बेलायतस्थित नेपाली समुदायमा गरगहना चोरीको घट्ना बढ्दै गएको बताइन्छ । हन्स्लो बरोका काउन्सिलर विष्णु गुरुङले भूपूगोर्खा परिवारको घरमा धेरै चोरी हुने गरेको बताए ।

    ‘सुन जोडे पनि घरमा राख्नु हुदैन भनेर सम्झाउँदा पनि सुन्दैनन् । चोरीको घट्ना बढेको बढैछ ।’, गुरुङले भने । उनले गरगहाना घरमा राख्नु धेरै जोखिम हुने भन्दै भएको गरगहना लकरमा राख्न सुझाव दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया