• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    च्याउको पनि दिमाग हुन्छ

    3.5K
    SHARES

    काठमाडौँ। बोटबिरुवामा पनि प्राण हुन्छ भन्ने कुरा त हामी सबैलाई थाहा छ । तर वनस्पतीहरूले कुराकानी पनि गर्न सक्दछन् भन्यो भने के तपाईंले पत्याउनुहुन्छ ?

    वैज्ञानिकका अनुसार च्याउहरुले एकआपसमा मानिसले जस्तै कुराकानी गर्दछन् । च्याउले आफ्नो जरा अर्थात् माइसेलियमको माध्यमबाट आपसमा सञ्चार गर्दछन् ।

    अनुसन्धानका क्रममा च्याउसँग आफ्नो मस्तिष्क हुने र महसुस गर्ने चेतना पनि हुने प्रमाणित भएको छ ।

    युनिभर्सिटी अफ वेष्ट इंगल्याण्डका शोधकर्ताहरूका अनुसार च्याउले आफ्नो मस्तिष्कलाई तेज बनाउनका लागि मानिस जस्तै निरन्तर सक्रिय रहेको हुन्छ ।

    त्यस्तै क्वीन्सल्याण्ड युनिभर्सिटीले च्याउका विषयमा गरेको पछिल्लो अनुसन्धान हालै जर्नल अफ न्युरोकेमिस्ट्रीमा छापिएको छ । जस अनुसार हेलेसियम रियासिअस नामक च्याउमा एउटा यस्तो प्रोटिन हुन्छ जसले स्नायुको विकासमा काम गर्दछ ।

    उक्त प्रोटिनलाई न्युरोट्रोफिन्स भनिन्छ । उक्त प्रोटिनयुक्त च्याउको सेवनले मानिसको मस्तिष्क विकासमा समेत काम गर्ने वैज्ञानिकहरुको ठहर ।

    न्युरोट्रोफिन्सले स्नायुहरुको स्वास्थ्य मजबुत राख्ने काम गर्दछ र त्यसको विकासमा भूमिका खेल्दछ । यो पदार्थ च्याउको जरामा पनि पाइन्छ र एक अर्कासँग जोडिएको हुन्छ । त्यहीँ नै त्यो लगातार विकास भैरहेको हुन्छ जुन प्रक्रियामा मानिससँग मिल्दोजुल्दो हुन्छ ।

    मानिसको सरीरमा पनि न्युरोट्रोफिनले मस्तिष्कको विकासमा अहम भूमिका खेलेको हुन्छ । यसको एउटा विशेष प्रकारलाई ब्रेन डिराइभ्ड न्युरोट्रोफिक फ्याक्टर भनिन्छ जुन बोल्न, सम्झिन तथा निर्णय गर्नमा निकै आवश्यक हुन्छ ।

    खान लायक च्याउका प्रजातिहरुमा रहेका प्रोटिनले लगातार न्युरोनको विकासमा भूमिका खेलिरहेका हुन्छन् । वैज्ञानिकहरुका अनुसार च्याउहरु करिब ५० शव्द बोल्न सक्दछन् ।

    उनीहरुका हरेक शब्दको लम्बाइ झण्डै साढे पाँच अक्षरको हुन्छ । यद्यपि मानिसले दैनिक कुराकानीमा करिब २० शब्दको प्रयोग गरेको हुन्छ ।

    च्याउमा विद्युतीय तरंगको माध्यमबाट ती शव्दहरु एकबाट अर्कोसम्म पुग्दछन् । त्यसकै सहयोगमा च्याउहरूले मौसमी खतराको बारेका कुराहरु एक अर्कासम्म पुर्‍याँछन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ