• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विज्ञान-प्रविधि

    अब फेसबुक र इन्स्टाग्राममा ‘ब्लु-टिक’ पाउन पैसा तिर्नुपर्ने, स्ट्रेलिया र न्यूजिल्यान्डमा यही साताबाट लाहुन हुँदै

    3.2K
    SHARES



    काठमाडौँ। फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताहरूले अब आफ्नो खातामा ब्लुटिक राख्न शुल्क तिर्नुपर्ने भएको छ ।

    यी दुई सामाजिक सञ्जालको अभिभावक कम्पनी मेटाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मार्क जुकर्बर्गले आइतबार उक्त घोषणा गरेका हुन् ।

    हाल उक्त व्यवस्था ट्विटरमा लागू भएको छ । ट्विटरका सिइओ‌ एलन मस्कले केही समय अघि नै ब्लुटिक भेरिफिकेसनको लागि प्रयोगकर्ताहरूले मासिक निश्चित शुल्क तिर्नुपर्ने व्यवस्था लागू गरेका हुन् ।

    ट्विटरमा जस्तै मेटाले पनि फेसबुक र इन्स्टाग्रामको लागि ‘मेटा भेरिफाइड’ नामक सब्स्क्रिप्सन सेवाको सुरुआत गरेको हो ।

    अब प्रयोगकर्ताले यी सामाजिक सञ्जालमा ब्लुटिक राख्नको लागि वेब प्रयोगकर्ताले मासिक ११ डलर ९९ सेन्ट (हालको विनिमय दरअनुसार नेपाली १५ सय ८० रुपैयाँ) र आइओएस प्रयोगकर्ताले मासिक १४ डलर ९९ सेन्ट (करिब १९ सय ७६ रुपैयाँ) तिर्नुपर्ने हुन्छ ।

    फेसबुक र इन्स्टाग्राम दुवैमा ब्लुटिक राख्न चाहेमा भने प्रयोगकर्ताले मासिक २४ डलर तिर्नुपर्ने हुन्छ ।

    यसबाहेक एनड्रोइड प्रयोगकर्ताहरूले ब्लुटिकको लागि कति तिर्नुपर्छ भन्ने घोषणा भने हुन बाँकी छ । प्रयोगकर्ताहरूले आफ्नो खाता प्रमाणीकरण गर्न सरकारी कुनै पनि कागजात पेश गरेर गर्न सक्नेछन् । त्यस्तै प्रयोगकर्ताले आफ्नो खातामा आधिकारिक नाम राख्नुपर्नेछ ।

    फेसबुक सिइओ जुकर्बर्गका अनुसार उक्त फिचरले प्रमाणीकरणबारे थप सचेत हुने र सुरक्षित समेत हुनेछ । हाललाई यो सेवा यही सातादेखि अस्ट्रेलिया र न्यूजिल्यान्डमा लागू हुने समेत उनले बताए । यसबाहेक अन्य राष्ट्रहरूमा पनि क्रमश: लागू हुँदै जानेछ ।

    फेसबुकले हालै मात्र आफ्नो दैनिक प्रयोगकर्ताको संख्या पहिलो पटक दुई अर्ब पुगेको घोषणा गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ